आइतबार, जेठ ६, २०८१
13:02 | १७:४७

बेलायतका नेपाली इन्जिनियरहरुले चुने नयां नेतृत्व

नेपाली लिङ्क अगस्ट १९, २०२२

लन्डन । सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन यूके (सोने यूके) मा नयां नेतृत्व चयन भएको छ ।

गत आइतबार लन्डन बोस्टन म्यानोरमा सम्पन्न संस्थाको वार्षिक साधारण सभाले रुद्र कोइरालालाई पाँचौं कार्यसमितिको अध्यक्ष निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा हरि नेपाल, महासचिवमा डा. रविचन्द्र कोइराला, सचिव सज्ञान खरेल र कोषाध्यक्षमा श्रीमति प्रियंका रेग्मी निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरि सदस्यमा मनोज पुन, दर्पण गौतम र सुजन शर्मा निर्विरोध निर्वाचित भएका संस्थाले एक विज्ञप्तिमार्फत जनाएको छ ।

गत १२ र १३ अगस्टमा सोने यूकेले ५ औं कार्यकारी समिति गठन गर्न चुनाव गरेको थियो । 
संस्थाका सदस्यहरुले अनलाइन भोटिङ प्रणालीबाट मतदान गरेका थिए।

यसअघि निवर्तमान अध्यक्ष संयुक्त श्रेष्ठको अध्यक्षतामा वार्षिक साधारण सभा भएको थियो । उक्त साधारण सभा सञ्चालन निवर्तमान महासचिव डा. विदुर घिमिरेले गरेका थिए ।

वार्षिक साधारणसभामा चौंथो कार्यकारी समितिले आफ्नो दुई वर्षको कार्यकालमा सम्पन्न भएका गतिविधिको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आयव्यय प्रतिवेदन प्रस्तुत गरेको थियो । उक्त सभाले प्रस्तुत सबै प्रतिवेदनलाई अनुमोदन गरेको थियो । सभामा संस्थाका विभिन्न गतिविधिबारे छलफल भएको थियो ।

सन् २००७ मा स्थापना भएदेखि नै संस्थाले आफ्ना सदस्यहरूको हितमा काम गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू