बिहीबार, वैशाख १३, २०८१
02:32 | ०७:१७

‘ढल्केला ढल्केला’ मा अनिताको हट अवतार

नेपाली लिङ्क अगस्ट १९, २०२२

लण्डन । लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत ‘ढल्केला ढल्केला’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गायक कमल खत्री र अनिता लिम्बुको शब्द-संगीत रहेको गीतको भिडियोमा लन्डन निवासी चर्चित मोडल अनिता लिम्बुलाई ‘हट’ अवतारमा प्रस्तुत गरिएको छ ।

कुशल श्रेष्ठको सिनेमाटोग्राफी, सम्पादन र निर्देशनमा बनेको ‘ढल्केला ढल्केला’ को भिडियो मोडल एवं यही भिडियोकी निर्मात्री अनिता लिम्बुको युट्युब च्यानल (Anita Limbu) बाट सार्वजनिक गरिएको हो ।

यसैबीच, गीतको उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई रु दश हजार पुरस्कार पनि प्रदान गरिने निमात्री लिम्बुले जानकारी दिएकी छन् । जसका लागि भिडियो बनाएर टिकटक एकाउन्ट anitalimbu83 मा इनबक्स गर्नुपर्ने छ ।

लन्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोमा विदेशी मोडलहरुसँग प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै थुप्रै उपाधि पनि जितिसकेकी मोडल अनिता लिम्बुले यसअघि पनि कयौं म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू