शनिबार, वैशाख १५, २०८१
22:26 | ०३:११

सुजाता र प्रकाशको तीज गीत ‘म त हजुर नेपाली’ ले चर्चा बटुल्दै

नेपाली लिङ्क अगस्ट १६, २०२२

लन्डन । गायक प्रकाश कटुवाल र लन्डन निवासी गायिका सुजाता काफ्लेको तीज गीत म त हजुर नेपालीले चर्चा बटुलिरहेको छ ।

लन्डनमै निर्मित म्यूजिक भिडियो रिलिज भएको दुई सातामा यूट्युवमा मात्र झण्डै एकलाख ३२ हजार ‘भ्यूज’ भएको छ ।

‘म त हजुर नेपाली, गोर्खालीकी छोरी म, यो तीजमा नाच्छु म त गून्यू चोलीमा…’ जस्ता राष्ट्रप्रेमले ओतप्रोत शब्द अनि उत्कृष्ट म्यूजिक भिडियोले पनि दर्शक आकर्षित भएका हुन् ।

आफ्नो पहिलो तीज गीत दर्शक श्रोताले रुचाइदिएपछि दंग छिन् सुजाता । ‘यति धेरै माया पाएर म निकै उत्साहित भएको छु । नेपाली चेलीहरुलाई यही गीतमा मज्जाले नाचेर तीज मनाउन मेरो अनुरोध छ’, गायिका सुजाताले भनिन् ।

गायिका सुजाता काफ्ले

म्यूजिक भिडियोमा कमेडी च्याम्पियनका फष्ट रनर अप खड्ग बहादुर पुन (खबपु), निर आले मगर, दीपक मैथाने, प्रतिष्ठा त्रिपाठी, रितु पुनलगायतले अभिनय गरेका छन् ।

सरु गुरुङ रानाको निर्देशन र कोरियोग्राफीमा सुमन श्रेष्ठले छायांकन गरेका हुन् म्यूजिक भिडियो ।

शब्द विनोद ढकाल र संगीत प्रकाश कटुवालको छ । एरेन्जर हुन् डोलराज बारघरे । स्मृति म्यूजिक प्रा.लि.ले अडियो भिडियो प्रस्तुत गरेको हो ।

हेरौं भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू