मंगलबार, वैशाख ११, २०८१
11:54 | १६:३९

लन्डन हिन्दू मन्दिरमा तीज कार्यक्रम तयारी

नेपाली लिङ्क अगस्ट १६, २०२२

लन्डन । ‘नेप्लिज वुमन हेल्पिंग ह्याण्ड्स वेम्ब्ली’ ले हिन्दू नारीहरुको महान चाड हरितालिका तीज विशेष कार्यसहित मनाउने भएको छ ।

लन्डन अल्पर्टनस्थित सनातन हिन्दू मन्दिरको गोकुल हलमा यही अगष्ट ३० तारिख तीज कार्यक्रम गर्न लागिएको आयोजकले बताएका छन् ।

बिहान ११ बजेबाट सुरु हुने उक्त कार्यक्रममा पूजाथाली उपलब्ध गराइ तीज गीतमा नाचगान गरिनेछ ।

कोरोना महामारीका कारण दुई वर्ष स्थगित भएर यो पटक कार्यक्रम विशेष गर्ने योजनामा छन् आयोजक । ‘लामो कोरोना कहर पछि यो वर्ष भगवानको कृपाले हरितालिका तीज मनाउने अवसर पाएका छौं’- आयोजकमध्येकी गीता भण्डारी रायमाझीले भनिन्, ‘यसपटक विशेष छ कार्यक्रम । हामी सम्पूर्ण दिदीबहिनीलाई उपस्थित भएर 
हर्षोल्लासका साथ तीज मनाउन आग्रह गर्दछौं ।’

बेलायतमा तीजको मौका छोपेर अन्य विभिन्न शहरमा समेत कार्यक्रम गरिंदैछ । लन्डनस्थित नेपाली दूतावासले पनि तीज कार्यक्रम राखेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू