शनिबार, वैशाख ८, २०८१
22:37 | ०३:२२

बेलायतका नेपाली प्रोफेसनलले गरे विविध कार्यक्रमसहित समर भेला

नेपाली लिङ्क अगस्ट १६, २०२२

लन्डन-सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स (एसओएनपी)  यूकेले विविध कार्यक्रमहरुसहित वार्षिक समर कार्यक्रम सम्पन्न गरेको छ।

साउथ इष्ट लन्डनको वेलिङस्थित सेन्ट माइकल कम्युनिटी सेन्टरमा आइतबार आयोजित कार्यक्रममा संस्थाका सदस्यहरुसहित डेढ सय जनाको सहभागिता रह्यो।

कुनै औपचारिकता र आसन, भाषणबिना सञ्चालित कार्यक्रमका सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो भने अहिले बेलायत भ्रमणमा रहेका कलाकारद्वय रेशम निर्दोष र अनुपा मगरले सांगीतिक प्रस्तुतिमर्फत मनोरञ्जन दिलाएका थिए।

कार्यक्रमको शुरुमा सोसाइटीका अध्यक्ष ई. विष्णु न्यौपानेले हालै निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरुको परिचय गराएका थिए। महासचिव डा ओम गौतमले कार्यक्रमको रुपरेखाबारे जानकारी गराएका थिए।

कार्यक्रममा पुरुष, महिला र बालबालिकाका तीन फरक समूहमा विभिन्न मनोरञ्जनात्मक प्रतिस्पर्धाहरु गराइएको थियो।

पुरुषतर्फ तातो आलु खेलमा निशान चन्द र रामहरि हमाल, १ सय मिटर दौडमा काउन्सिलर जीत रानाभाट, पूर्ण रोका र नारायण पन्त तथा ‘मार्बल एन्ड स्पुन रेस’ मा चुडा अधिकारी र माधव पराजुली विजेता बने।

महिला समूहतर्फ तातो आलु खेलमा श्रीष्मा अधिकारी, अस्मिता घिमिरे र ग्रीसा लम्साल,‘ मार्बल एन्ड स्पुन रेस’ मा मनिता चौहान, सिर्जना ढुंगाना र लीला रेग्मी तथा घैँटो फुटाउने खेलमा सविता गिरी पहिलो स्थानमा आउन सफल भए।

बालबालिकाको समूहमा चित्रकलातर्फ एम्बर रानाभाट र एलिना तथा तातो आलु खेलतर्फ एम्बर रानाभाट र सर्विनले पहिलो स्थान हासिल गरे।

तीनै समूहका विजेतालाई सोसाइटीका अध्यक्ष ई. विष्णु न्यौपाने, महासचिव डा ओम गौतमसहितका पदाधिकारी र काउन्सिलर जीत रानाभाटले मेडल प्रदान गरे। 

कार्यक्रमको पछिल्लो चरणमा लोकदोहोरीका चर्चित गायक रेशम निर्दोष र गायिका अनुपा मगरले विशेष सांगीतिक प्रस्तुति  गरे।

उनीहरुले लोकदोहोरी, तीजगीत र लाइभ दोहोरी प्रस्तुत गरी कार्यक्रममा सहभागीलाई भरपूर मनोरञ्जन दिलाए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू