शुक्रबार, वैशाख १४, २०८१
21:01 | ०१:४६

नेपाली साधकसँग भविष्य हेरे बेलायती मन्त्री र सांसदले, नेपालीको घुइँचो

नेपाली लिङ्क अगस्ट १६, २०२२

बेलायती मन्त्री लिओ डोचेर्टीसँग साधक बिहंगमराज।

लन्डन। दश महाविद्या सिद्ध साधक भविष्यवक्ता बिहंगमराज तिमल्सेना आफ्नो चार महिने बेलायत भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किँदैछन्।

आफ्नो बेलायत बसाइमा उनले महाविद्या पद्दतिबाट दर्जनौँको उपचार तथा सयौंलाई भविष्यवाणी र परामर्श उपलब्ध गराएको जनाएका छन्।

‘मेडिकल पद्दतिबाट ठीक हुन नसकेका ३१ बिरामीलाई बेलायतमा मैले १० महाविद्याको विशेष पद्दति प्रयोग गरेरै  निको बनाउन सफल भएँ’-नेपाल आध्यात्मिक केन्द्रका केन्द्रीय अध्यक्षसमेत रहेका साधकले भने, ‘भविष्यवाणी गराउनेहरुको त संख्या यकिन छैन, सयौंमा छन्।’

जतिसुकै प्रयास गर्दा पनि मेडिकल उपचारले दाँत किट्ने समस्याबाट मुक्ति नपाएकी एक नेपाली महिलाको उपचारका लागि आफू बेलायत आएको उनले सुनाए। ‘तर यहाँ विभिन्न खालका समस्या भएका धेरै जना सम्पर्कमा आउनुभयो। मानसिक पीडा, डिप्रेसन, मुटुरोग आदिका रोगीदेखि बोलीमा समस्या रहेका बालबच्चासम्मको उपचारको कोशिश् गरें’, नेपाल फर्किनु पूर्वसन्ध्यामा नेपाली लिंकसँगको संवादमा उनले भने।

पारिवारिक अशान्ति, पतिपत्नीको बेमेल, व्यवसायिक  असफलता पाएकासम्मलाई सल्लाह र परामर्श बांडेको उनले बताए।  

बेलायतमा साधक बिहंगमराजको दैनिकी निकै व्यस्त रह्यो। लन्डन, अल्डरसट र आसपासका क्षेत्रदेखि पिटरबरो, लिभरपुलसम्मका विभिन्न २५ स्थान पुगेर उनले आफ्नो सेवा दिए।

बेलायतकी सांसद मरिया मिलरसँग।

उनको यो भ्रमणमा यहाँका मन्त्री, सांसद, मेयरसहितका उच्च ओहोदाका बेलायतीहरुसंगको साक्षात्कार खास रह्यो। मन्त्री लिओ डोचेर्टीदेखि सांसद मरिया मिलरसहित केही मेयर, काउन्सिलरलगायतलाई भेटेर भविष्यवाणी सुनाउँदा उनीहरु निकै प्रभावित बनेको अनुभव उनले सुनाए।

विगतमा नेपाली सेनाको मूल पण्डित रहेका बिहंगमराजले १७ वर्षको सेवापछि सेनाबाट अवकाश लिएका थिए। आफ्नो सेवाको क्रममा राजपरिवारसँग समेत निकट रहेर काम गरेको उनको अनुभव छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू