शुक्रबार, वैशाख ७, २०८१
08:12 | १२:५७

मिडल्यान्डको बहुसांस्कृतिक महोत्सवमा सिर्जनशिल लेष्टर नेपाल

नेपाली लिङ्क अगस्ट १५, २०२२

लन्डन–बेलायतकै सक्रिय नेपाली संस्थामध्ये एक मिडल्याण्डको लेष्टरस्थित सिर्जनशिल लेस्टर नेपाल हालै एक बहुसांस्कृतिक (मल्टिकल्चरल) महोत्सवमा सहभागी भएको छ।

आइतबार लेष्टरको कोसिङटन रिक्रिएसन मैदानमा आयोजित ‘फेस्टिभल अफ कल्चरल डाइभर्सिटी’ नामको बहुसांस्कृतिक महोत्सवमा सिर्जनशिल लेष्टरले नेपाली समुदायको प्रतिनिधित्व गर्दै भाग लिएको हो।

महोत्सवमा गुजरात, वेष्ट इण्डियालगायतका क्षेत्रको प्रतिनिधित्व गर्ने विभिन्न भारतीय समुदायका साथै मरिसस र केही युरोपेली मुलुकबाट आएका समुदायहरुको पनि सहभागिता थियो। त्यस क्रममा सहभागीहरुले आआफ्नो भाषा, संस्कृति, परम्परा, भेषभूषा, खाना, कला, संगीतजस्ता मौलिकता चिनाउने प्रस्तुतिहरु गरेका थिए ।

महोत्सवमा सिर्जनशिल लेष्टरको तर्फबाट सहभागी स्थानीय कलाकारका प्रस्तुतिले पनि अन्य समुदायका सदस्यहरुलाई समेत प्रभावित गरेको थियो । मौलिक नेपाली गुन्यू चोलीमा सजिएका उनीहरुले नेपाली नेपाली गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दा धेरैको मन जितेको थियो। सो अवसरमा समीक्षा सापकोटा, सर्वदा सापकोटा, सोनिका घले, अपेक्षा सापकोटा, सभ्यता रेग्मी र रिदिमा सापकोटाले नृत्य देखाएका थिए।

महोत्सवको भिडियो हेर्न यहाँ क्लिक गरौं ।  

महोत्सवमा सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुयांलका साथै पूर्व अध्यक्ष एवम् एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटा, संस्थापक अध्यक्ष राजु कंडेल, पूर्व अध्यक्ष प्रेम मगरसहितको सहभागिता थियो। त्यस्तै, कोभेन्ट्रीबाट पनि समाजसेवी गोविन्द सापकोटाको अगुवाइमा उल्लेखनीय सहभागिता जनाइएको थियो।

सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुँयालले मल्टीकल्चरल महोत्सवमा पहिलोपटक सहभागी हुन पाउँदा खुशी लागेको बताए। स्थानीय अन्य समुदायसंग पनि आपसी सहकार्य र सहयोग बढाउँदै जाने लक्ष्यअनुरूप महोत्सवमा भाग लिइएको उनले जनाए।

महोत्सवमा सहभागी एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटाले पनि यस्ता कार्यक्रमहरुमा नेपाली समुदायको सहभागिताले अन्य समुदायसँगको अन्तरघुलनका साथै नेपाली संस्कृति प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू