शनिबार, वैशाख ८, २०८१
12:33 | १७:१८

बेलायतमा ‘नेपाली गाउं’ बनाउने परियोजना तीव्र गतिमा

नेपाली लिङ्क अगस्ट १३, २०२२

लन्डन । बेलायतका नेपालीहरु अहिले वेल्स्मा नेपाली गाउं (नेपाली भिलेज) बनाउन एउटा महत्वकांक्षी परियोजना लिएर अगाडि बढेका छन् ।

नेपाल भन्दा बाहिर पुरै नेपाल र नेपालीपन झल्काउदै जीवनमा एकपटक जसरी पनि पुग्नैपर्ने गन्तव्य बनाउने उद्देश्य लिएर सञ्चालन गर्ने योजना बनाइएको नेपाली भिलेज यूके परियोजनामा इच्छुक शेयरहोल्डरका लागि विस्तृत जानकारी आदान–प्रदान तथा परियोजनाको प्रति शेयर ५ हजार पाउण्ड भुक्तानी गरेका शेयरहोल्डरलाई शेयर सर्टिफिकेट लगायत सम्झौतापत्र आदानप्रदान गर्न यही २१ अगष्ट आइतबार अल्डरसटस्थित प्यालेस रेष्टुरेन्टमा एक कार्यक्रम राखिएको छ ।

बिहान ११ देखि अपरान्ह ४.०० बजेसम्म हुने उक्त कार्यक्रममा दिवाभोजसहित परियोजनाबारे आवश्यक जानकारी, परियोजनाको प्रगति विवरण र शेयरहोल्डरहरुसंग गर्नुपर्ने सम्झौता पत्रमा दुवैतर्फबाट हस्ताक्षर लगायत शेयर प्रमाणपत्र हस्तान्तरण गरिने प्रवक्ता विक्रम भट्टराईले जनाए ।

नेपाली भिलेज यूके परियोजना गत मे २१ तारिख नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्य र ब्रेकनस्थित स्थानीय सांसद, मेयर लगायतको विशेष उपस्थितिमा उद्घाटन भइसकेको छ ।

नेपाली भिलेज यूकेका लागि एक मिलियन पाउण्ड मूल रकमको योजनामा प्रति शेयर ५००० (पाँच हजार पाउण्ड) बराबर २०० शेयर हुनेछ जसमा हालसम्म करिब ११० शेयर बिक्री भइसकेको छ भने ५० जना भन्दा बढीले आफ्नो शेयर बुक गरिसकेका छन् ।

अहिले परियोजनालाई उपयुक्त हुने जग्गा हेर्ने क्रम निरन्तर छ । ब्रेकन नजिकै हालै मात्र २६ एकर्ड (लगभग २०६ रोपनी) जग्गा विक्रीका लागि राखिएको र उक्त जग्गा परियोजनाका निमित्त एकदमै उपयुक्त हुने निष्कर्षसहित बोर्ड अफ डाइरेक्टरहरु सकेसम्म छिटो आवश्यक शेयरहोल्डर खोजेर जग्गा किन्न जुटेका छन् ।

उक्त परियोजना ब्रेकनमा सञ्चालन गर्ने लगभग निश्चित छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू