शुक्रबार, वैशाख ७, २०८१
10:20 | १५:०५

लन्डनका युवा निर्देशक कुशलले ल्याए एकैसाथ दुई म्यूजिक भिडियो

नेपाली लिङ्क अगस्ट १३, २०२२

लन्डन । लन्डनका युवा निर्देशक कुशल श्रेष्ठले एकैसाथ दुई म्यूजिक भिडियो रिलिज गरेका छन् ।

श्रेष्ठले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै ‘माइती आंगन’ र आधुनिक गीत ‘ढल्केला ढल्केला’ गरि दुई नयां म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

शुक्रबार रिलिज भएको ‘माइती आंगन’ म्यूजिक भिडियो प्रवासका तर्फबाट सुन्दर सृजना भएको श्रेष्ठले बताए । म्यूजिक भिडियो छायांकन, सम्पादन र निर्देशन श्रेष्ठले गरेका हुन् । नृत्य निर्देशन विनिता थापाले गरेकी छन् ।

‘माइती आंगन’ मा सुनिल मास्केको संगीत, मन्जु खनालको रचना र प्राश्ना शाक्यको गायन छ ।

म्यूजिक भिडियोमा स्थानीय कलाकारहरु आस्था जोशी, रोश्ना कार्की, दिपिका श्रेष्ठ, निरु कोइराला, रिमा कंडेल, अमिका महत, शिक्षा पौडेल, विनिता थापा, बिनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा र दिपक थापा मैथाने मगरले अभिनय गरेका छन् ।

निर्देशक श्रेष्ठले ‘माइती आंगन’ छायांकन समापनको अवसरमा गत साता एभरेष्ट इनमा कलाकार तथा सहयोगीलाई सम्मान गरि रात्री भोज आयोजना गरेका थिए ।

यो क्षेत्रमा आफ्नो सफलताका लागि सम्पूर्ण कलाकार र पारिवारिक सहयोग रहेकाले उनीहरुलाई सम्मान गरेको श्रेष्ठले बताए । म्यूजिक भिडियो निर्माणमा एभरेष्ट इन, नेपाल फुड्स र बिज एजुकेसनले सहयोग गरेका छन् ।

उता, मोडल अनिता लिम्बुको निर्माण र कुशलको निर्देशनमा अर्को म्यूजिक भिडियो ‘ढल्केला ढल्केला’ पनि शुक्रबार नै रिलिज भएको हो । उक्त भिडियोमा अनिताको ‘हट डान्स’ छ ।

अस्मिता अधिकारीको स्वर रहेको उक्त गीत कमल खत्री र अनिता लिम्बुले रचना गरेका हुन् ।

हेरौं दुवै म्यूजिक भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू