शुक्रबार, वैशाख २१, २०८१
10:48 | १५:३३

बोर्ड अध्यक्ष केसीलाई बेलायत र नेपालका कलाकारको बधाइ

नेपाली लिङ्क अगस्ट ११, २०२२

लन्डन । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीलाई नेपाल चलचित्र कलाकार संघ केन्द्र र बेलायत शाखाले बधाइ तथा श’भकामना व्यक्त गरेका छन् ।

नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रविन्द्र खड्का र नेपाल चलचित्र कलाकार संघ यूकेका उपाध्यक्ष सुरेशराज पाठकले बोर्ड अध्यक्ष केसीलाई उनकै कार्यालयमा भेट गरि सफल कार्यकालको शुभकामना र बधाइ दिएका थिए ।

उक्त भेटमा नेपाली कलाकारहरुको हक हित, बेलायतमा नेपाली चलचित्र निर्माण, प्रदर्शन तथा प्रवर्धनका विविध आयामबारे छलफल भएको नेपाल चलचित्र कलाकार संघ यूके अध्यक्ष रोमियन लिम्बुले जनाइन् ।

भेटघाटमा अध्यक्ष केसीले नेपाल र बेलायतबीचको प्रगाढ सम्बन्ध तथा आफ्नो बेलायत भ्रमण, चलचित्र प्रदर्शन र यहांको सम्भाव्यताबारे धारणा राखेका थिए ।

नेपाल चलचित्र कलाकार संघ यूकेले बेलायतमा नेपाली चलचित्र प्रदर्शन, यसको प्रचार प्रसार तथा बेलायतस्थित स्थानीय नेपाली कलाकारहरुलाई अवसर प्रदान गर्ने विभिन्न योजना बनाएको रोमियनले बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू