बिहीबार, वैशाख १३, २०८१
05:11 | ०९:५६

नेपालमै पहिलो द्वारकाधाम निर्माण हुने

रासस अगस्ट ९, २०२२

निर्माण हुन गइरहेको द्वारकाधाम मन्दिरको नमूना तस्बिर । तस्बिरः- राजाराम कार्की, रासस

भक्तपुर- भक्तपुर–सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ । भारतको चारधाम उत्तराखण्डस्थित बद्रिनाथ, तामिलनाडुस्थित रामेश्वरम, गुजरातस्थित द्वारकाधाम र उडिसास्थित जगनाथपुरीलाई भनिन्छ ।

गुजरातस्थित द्वारकाधाम स्वरुपको धाम बुधबार शिलान्यास गरिने पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिए । हिन्दू धर्मावलम्बीले मान्दै आएको चार धाममध्येको एक धाम हो द्वारकाधाम । नेपालका नागरिक द्वारकाधामको दर्शन गर्न गुजरात जाने गर्छन् ।

नेपालमा मुक्तिनाथ, पाशुपत, रुरु, र बरहा क्षेत्रलाई चारधाम भनिन्छ । नेपालमा निर्माण हुन लागेको द्वारकाधामका लागि करिब आठ रोपनी जग्गा अर्जुन बस्नेतलगायतले उपलब्ध गराएको र यसका लागि रु २० करोड खर्च लाग्ने अनुमान गरिएको छ । मन्दिर स्थानीय, प्रदेश र संघीय, सरकार तथा विभिन्न दाताको सहयोगमा बनाइने नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू