बिहीबार, वैशाख १३, २०८१
04:59 | ०९:४४

जलवायु परिवर्तनबारे सचेत गराउन बेलायती कलाकारसहितको टोली नेपाली दूतावासमा

कृष्ण प्रसाद शर्मा अगस्ट ९, २०२२

लन्डन । विश्वव्यापी रुपमा जलवायु परिवर्तन सम्बन्घी सचतेना अभियान चलाइरहेको एक बेलायती परियोजनाको टोली सोमबार लण्डनस्थित नेपाली दूतावास पुगेको छ।

‘द मदरसीप अर्थ संग प्रोजेक्ट’ नामक स्वंयमसेवी अभियानमार्फत् विश्वमा बढ्दो जलवायु परिवर्तनको दैनिक प्रभावबारे जनचेतना फैलाउने मुख्य उद्धेश्य रहेको प्रमुख अभियानकर्तामध्येका एक बेलायती कलाकार कीथ बर्टलीले बताए।

गत वर्ष वातावरण सचेतना अभियानअन्तर्गत तयार पारिएको उक्त गीतलाई हाल सम्म २६ वटा विभिन्न देशको भाषामा रेकर्डिङ भइसकेको गीत नेपाली भाषामा गाएकी कलाकार तथा अर्की प्रमुख अभियानकर्ता अञ्जना गुरुङ तामाङले जानकारी दिइन् ।

टोलीले जलवायु परिवर्तनले विकसित मुलुक मात्र नभइ नेपाल जस्ता विकासोन्मुख देशलाई समेत हानी पुर्‍याउंदै आइरहेको कुरा उल्लेख गरिएको विज्ञप्ति दूतावासको परिसरमा पढेर सुनाइएको र उक्त पत्र दूतावासकी उपनियोग प्रमुख रोशन खनाललाई बुझाएको टोलीको नेतृत्व गरेकी गायिका तामाङले बताइन्।

दूतावासलाई बुझाइएको उक्त विज्ञप्तिमा ‘गत केहि वर्ष देखि नेपालमा पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा वातावरणमा उतारचढाव आइरहेको, पानी पर्नु पर्ने समयमा खडेरी र सुख्खा समयमा बर्षा भइरहेको छ। 

हिमालहरू अप्रत्यासित रूपमा पग्लिंदै गइरहेका छन् भने हिमतालहरू फुट्ने जोखिममा छन् । नेपालले वातावरण सम्बन्धि विश्वका संन्धि महासन्धीमा हस्ताक्षर गरेपनि विकशित देशहरूले सृजना गरेको वातावरण प्रदुर्षण र त्यसले उत्पन्न गर्ने कार्बनउत्सर्जनले नेपाल जस्ता देशहरू झन् जोखिममा छन् भने हस्ताक्षरित सन्धि महासन्धिहरूले नेपाल जस्ता देशलाई विकशित देशहरूले दिनु पर्ने क्षतिपुर्ति समेत पाउन सकेका छैनन् ।

त्यस अवसरमा उपनियोग प्रमुख खनालले यो अभियानमार्फत् नेपालमा जनचेतना फैलाएर वातावरण संरक्षणमा केहि टेवा पुग्ने विश्वास व्यक्त गरिन्। 

नेपाल सरकारले वातावरणसम्बन्घि विश्वव्यापी यस्ता अभियानमा संधै साथ र समर्थन गर्दै आइरहेको उनले जनाइन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू