बुधबार, वैशाख १२, २०८१
09:58 | १४:४३

लिभरपुल नेपाली समाजको वार्षिक साधारणसभा, सर्वसम्मत चुनिए ५ अध्यक्ष

नेपाली लिङ्क अगस्ट ३, २०२२

लन्डन । बेलायतस्थित लिभरपुल नेपाली समाजले वार्षिक साधारण सभा सम्पन्न गरेको छ। गत ३० जुलाइ शनिबार समाजका सल्लाहकारहरु तथा कार्यसमितिको उपस्थितिमा मेक्सिकन हाउस रेस्टुरेण्टमा साधारणसभा भएको हो।

साधारणसभामा समाजका अध्यक्ष देउमान इजमले एक वर्ष भरी समाजले गरेका विभिन्न क्रियाकलाप तथा आर्थिक प्रतिवेदन पेश गरे ।

सोही सभामा कार्यसमिति बैठकले यस वर्षको तीज अगष्ट २१ तारिखमा मनाउने र अक्टोबर २ मा दशैं कार्यक्रम गर्ने तय गरेको जानकारी पनि गराइयो ।

सो सभामा समाजको बाँकी १ वर्षको कार्यकाल सकिएपछि आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्षहरुको व्यवस्था पनि गरिएको छ । दुई वर्षको सट्टा प्रत्येक अध्यक्षहरुको कार्यकाल १ वर्षको हुने छ भने बाँकी कार्यसमिति सदस्यहरुको कार्यकाल चाहिँ २ वर्ष हुनेछ।

आगामी कार्यकालका लागि सर्वसम्मत अध्यक्षहरुमा सन् २०२३-२४ का लागि डा. मनोहर बुढाथोकी, सन् २०२४-२५ का लागि प्रवीण घिमिरे, सन् २०२५-२६ का लागि हेमराज शर्मा, सन् २०२६-२७ का लागि इन्दुका घिमिरे र  सन् २०२७-२८ का लागि देवी गुरुङ चुनिएका छन् ।

उपयुक्त कारण वा विशेष परिवेशमा भने अध्यक्षहरु फेरबदल पनि हुन सक्ने जनाइएको छ । समाजका अरु साधारण सदस्यले चाहेमा अध्यक्ष पद दावी गर्न सक्ने र त्यसका लागि समाजको विधानमा आवश्यक परिवर्तन गरिने पनि तय भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू