शनिबार, वैशाख ८, २०८१
10:15 | १५:००

नर्सिङ एसोसिएसन यूकेले १४ औं वार्षिकोत्सवमा चेलिबेटीलाई निशुल्क दर ख्वाउने

नेपाली लिङ्क अगस्ट १, २०२२

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले स्थापनाको १४ औं वार्षिकोत्सव तथा तीज कार्यक्रम एकैसाथ गर्ने भएको छ ।

एसोसिएसनले २१ अगष्ट सांझ लन्डन नर्थ हयारो नजिक ब्लुरुम स्पोर्टस भेन्यूमा कार्यक्रम गर्न लागेको हो ।

एसोसिएसनकी अध्यक्ष सुनिता गौतमले तीज र वार्षिकोत्सव कार्यक्रममा आफ्नो संस्थाबाहेक बेलायतमा नर्र्सिङ अध्ययनरत विद्यार्थी, नर्सहरु, केयर वर्कर लगायत इच्छुक सबैलाई आउन निम्तो दिएकी छन् ।

सांझ ५ देखि १० बजेसम्म हुने उक्त कार्यक्रममा महिलाहरुलाई नेपाली पोशाक र गरगहनामा सजिएर आउन भनिएको छ ।

‘यो निशुल्क कार्यक्रम हो, हामी तीजको अवसरमा चेलिबेटीहरुलाई दर ख्वाउने योजना बनाइरहेका छौं’, अध्यक्ष गौतमले भनिन्, ‘नर्सिङ पढ्न भर्खर बेलायत आउनुभएका नयां बहिनीहरुलाई पनि कार्यक्रममा धेरै जान्ने बुझ्ने अवसर हुनेछ ।’

एसोसिएसनले अहिले नेपालबाट नर्सिङ पढ्न बेलायत आउन लागेका विद्यार्थी र काम गर्न चाहने नर्सहरुलाई निशुल्क परामर्श दिंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू