शुक्रबार, वैशाख १४, २०८१
17:15 | २२:००

इतिहास रच्दै इंग्ल्याण्डले जित्यो महिला युरोकप

नेपाली लिङ्क जुलाइ ३१, २०२२

तस्बिर एपी

लन्डन। इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ।

आइतबार साँझ लन्डनको बेम्बलीमा सम्पन्न फाइनलमा जर्मनीलाई २-१ ले हराउँदै इंग्ल्यान्डले पहिलोपटक महिला युरोकपको उपाधि उचालेको हो। 

निकै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएको थियो।

त्यसपछि थपिएको अतिरिक्त समय सकिन केही मिनेट मात्रै बाँकी रहंदा इंग्ल्यान्डले एक गोल थपेर प्रतियोगिताको विजेता बनेको हो।

इंग्ल्यान्डले इतिहास रच्दै पहिलोपटक उपाधि जित्दै गर्दा यसअघि आठ पटक च्याम्पियन बनिसकेको जर्मनीलाई हराएको छ।

सन् १९६६ मा विश्वकप फुटबल जितेयता इंग्ल्यान्डले महिला वा पुरुष दुवैतर्फ कुनै महत्वपूर्ण अन्तरराष्ट्रिय प्रतियोगिताको उपाधि जितेको यो नै पहिलो अवसर हो।

विश्वकप जित्ने क्रममा पनि इंग्ल्याण्डले फाइनलमा जर्मनीलाई नै हराएको थियो।  

इंग्ल्यान्ड र जर्मनीबीचको यो फाइनल हेर्न वेम्बली स्टेडियममा अहिल्सम्मकै रेकर्ड उच्च ८७ हजार बढी दर्शक उपस्थित रहेको जनाइएको छ।

यसैबीच, इंग्ल्यान्डले युरोकपको उपाधि जितेलगत्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि आफ्ना खेलाडीहरुलाई बधाई दिएका छन्।

ट्वीटरमार्फत् उनले यो जीतलाई महत्वपूर्ण उपलब्धि भन्दै अब देशभरका महिलाहरुको फुटबलप्रतिको आकर्षण झनै बढ्ने विश्वास समेत व्यक्त गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू