बिहीबार, चैत १५, २०८०
15:08 | २०:५३

धादिङ नुवाकोट समाज यूकेको समर भेला, फुटबलदेखि अवार्ड्ससम्म

नेपाली लिङ्क जुलाइ ३१, २०२२

लन्डन । धादिङ नुवाकोट समाज यूकेले शनिबार लन्डन फेल्थाममा आफ्नो वार्षिक समर भेटघाट गरेको छ ।

फेल्थाम कम्युनिटी कलेज हलमा आयोजित भेलामा नेपालबाट आएका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति एवं अवार्डसहित कार्यक्रम गरिएको हो । बिहान युथ र भेट्रान गरि ६ टिमबीच फुटबल प्रतियोगिता समेत गरिएको थियो ।

उक्त कार्यक्रम प्रमुख अतिथी हन्स्लो काउन्सिलर तथा पूर्व मेयर विष्णु गुरुङ र समाजका अध्यक्ष धन बहादुर तामाङले दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी काउन्सिलर गुरुङले सन् २००७ मा स्थापित धादिङ नुवाकोट समाज यूकेले गरेका सामाजिक कार्य उदाहरणीय रहेको बताए ।

उनले युवा तथा वृद्धवृद्धालाई प्रोत्साहित हुने खालका कार्यक्रममा आफ्नो बरोले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बेलायतका ५२९ वटा संघसंस्थामध्ये दुई जिल्ला धादिङ र नुवाकोटका वासिन्दा एकै ठाउंमा आएर समाज गठन हुनुले एकताको सन्देश दिएको बताए ।

नुवाकोटको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै अध्यक्ष गाहामगरले एनआरएनए यूके समाजसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।

एनआरएनए आइसीसी उपमहासचिव रामशरण सिम्खडाले स्थापनाको डेढ दशकमा संस्थाले हरेक अप्ठेरोमा मातृभूमिका लागि सहयोगका हात फैलाएको बताए ।

उनले भर्खरमात्र प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित भएको अवगत गराउंदै यसले गैर आवासीय नेपालीको नेपालमा सम्पत्ति सुरक्षा प्रत्याभूति र मातृभूमिसंग जोड्ने बताए ।

धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष धनबहादुर तामाङले कार्यक्रमका प्रायोजक, कलाकार, मिडिया र सहयोगी सबैप्रति आभार व्यक्त 
गर्दै आफू कुरा भन्दा व्यवहारमा विश्वास गर्ने भएकाले समुदायको हितका लागि समर्पित रहेको बताए ।

समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार बमबहादुर गुरुङले पनि संस्थाका गतिविधिबारे चर्चा गरेका थिए ।

कार्यक्रममा उपाध्यक्षहरु मोतीमान बज्राचार्यले ‘हेल्थ एण्ड सेफ्टी’ ब्रीफ र गोलबहादुर तामाङले स्वागत मन्तव्य दिएका थिए ।

समाजका महासचिव बुद्धिबहादुर तामाङले सञ्चालन गरेको औपचारिक कार्यक्रमका अवसरमा प्रमुख अतिथी काउन्सिलर गुरुङ र समाजका अध्यक्ष तामाङले बेलायती विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान प्रदान गरे ।

कृष्ण पाख्रिन र सन्तोक गुरुङले सञ्चालन गरेको दोश्रो सत्रको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका ‘छैटौं टुबोर्ग राष्ट्रिय दोहोरी प्रतियोगिता २०७८’ विजेता अस्मिता डल्लाकोटी, गायक विशाल रायमाझी र ख्यातिप्राप्त मोडल तथा डान्सर रिना थापा मगरले बजोड प्रस्तुति दिए ।

अस्मिता र विशालको दोहोरी गायनदेखि रिनाको आकर्षक नृत्यमा दर्शक मज्जाले नाचे ।

स्थानीय कलाकारहरु ओम गुरुङ, कृष्ण पाख्रिन, अनिल गुरुङ,  बिरु गोन्जा लगायतले गायन र स-साना नानीहरु सरस्वती, खुस्बु, लक्ष्मी, कृषाले विभिन्न नाच समेत प्रस्तुत गरेका थिए ।

अतिथीहरुलाई आमा समूहकी अध्यक्ष इश्वरी तामाङको नेतृत्वमा महिलाहरुले स्वागत सत्कार गरेका थिए ।

स्वयंसेवकको रुपमा महिला समूहकी अध्यक्ष इश्वरी तामाङ, मिरा तामाङ, रत्न गुरुङ, सुरथा तामाङ, तुलमाया तामाङ, रोशना तामाङ, मनु तामाङ, लक्ष्मी तामाङ र राधा गुरुङ तथा डुनिल तामाङ खटिएका थिए । 

समाजले कार्यक्रम सफल बनाउन सहयोग गर्ने संस्थाका पदाधिकारीलाई समेत सम्मान प्रदान गरेको थियो ।

कार्यक्रममा गोर्खा किचनले खाना र विशाल तामाङले डिजे व्यवस्थापन गरेका थिए ।

यसअघि बिहान युथ र भेट्रान गरि ६ टिमबीच फुटबल प्रतियोगिता समेत गरिएको थियो । थमु गुरुङ र राजु मम्बाको संयोजनामा भएको उक्त फटबल प्रतियोगितामा अजय तामाङको टिम वीनर भयो ।

विजयी टिमलाई अध्यक्ष धन तामाङले धादिङ नुवाकोट समाज कप, तीनसय पाउण्ड र ट्रफी प्रदान गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू