शनिबार, जेठ ५, २०८१
07:55 | १२:४०

गायक राजेश पायलको बेलायत कन्सर्ट अनिश्चितकालका लागि स्थगित

नेपाली लिङ्क जुलाइ १९, २०२२

लन्डन । किरात राई यायोक्खा बेलायतले आउँदो २४ जुलाईमा निर्धारित गायक राजेश पायल राईको एकल कन्सर्ट अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ ।

अहिलेसम्म भिजा टुंगो नलागेको जनाउंदै आयोजक किरात राई यायोक्खा बेलायतले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

‘उक्त कार्यक्रम आयोजनाको सम्पूर्ण तयारी गरिसकिएको भएपनि राई इज किङ्गको नामले परिचित सुविख्यात गायक राजेश पायल राईज्यूको भिजा रसिया र यूक्रेनबीच जारी युद्धका कारण अनिश्चित क्यूमा फस्न पुगेपछि हामी आयोजक संस्था निर्धारित कार्यक्रम स्थगित गर्ने निर्णयमा पुगेका हौं’, अध्यक्ष चन्द्र बहादुर राई, महासचिव चन्द्रवती राई र उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुमनचन्द्र राईद्धारा जारी संयुक्त विज्ञप्तिमा छ ।

‘राजेश पायल राई एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम’ स्थगित हुंदा आयोजकले क्षमा मागेका छन् ।

कार्यक्रममा सहभागी हुन असमर्थ भएपछि गायक राई पनि ज्यादै दुःखी भएको आयोजकले जनाएका छन् ।

प्राविधिक समस्या समाधान हुने बित्तिकै अर्को मिति तय गरिने र टिकट लिइसकेकाले सोही टिकटबाट भविष्यमा हुने कार्यक्रम हेर्न सक्ने संस्थाले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू