शनिबार, जेठ ५, २०८१
06:25 | ११:१०

बेलायतमा इतिहासकै उच्च तापक्रम रेकर्ड

४० दशमलव २ डिग्री सेल्सियस तापक्रम मापन

नेपाली लिङ्क जुलाइ १९, २०२२

लन्डन। बेलायतमा इतिहासकै सबैभन्दा उच्च तापक्रम रेकर्ड भएको छ। 

मंगलबार मध्यान्ह १२:५० बजे लन्डन हिथ्रो एयरपोर्टमा ४० दशमलव २ डिग्री सेल्सियस तापक्रम मापन गरिएको बेलायतको मौसम विभागले जनाएको छ।

‘मेट अफिस’ का अनुसार हिथ्रो एयरपोर्टमा रेकर्ड भएको इतिहासकै उच्च तापक्रम हो।तर देशका विभिन्न भागमा तापक्रम बढ्ने क्रम जारी रहेकाले अपरान्हसम्म अझै उच्च तापक्रम मापन हुने अनुमान गरिएको छ।  

बेलायतमा यसअघि रेकर्ड भएको सबैभन्दा उच्च तापक्रम ३८ दशमलव ७ डिग्री सेल्सियस थियो। सन् २०१९ मा बेलायतको क्याम्ब्रिज शहरमा उक्त तापक्रम मापन गरिएको थियो।

यसअघि मेट अफिसले सोमबार र मंगलबारको लागि लन्डनसहित इंग्ल्यान्डका कयौं क्षेत्रमा अधिकतम सावधानीको अपिल गर्दै रेड अलर्ट जारी गरेको थियो।बेलायतका गर्मीको लागि रेड अलर्ट जारी भएको यो नै पहिलो अवसर थियो।

मेट अफिसको सचेतनाका बाबजुद पछिल्लो दुई दिनमा मात्रै बेलायतमा गर्मी छल्न पानीमा खेल्ने वा पौडी खेल्ने क्रममा कम्तीमा पाँच जनाले ज्यान गुमाएको बीबीसीले उल्लेख गरेको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू