शनिबार, जेठ ५, २०८१
08:15 | १३:००

बेलायती प्रधानमन्त्रीका लागि सुनाकको अग्रता कायमै

नेपाली लिङ्क जुलाइ १८, २०२२

पूर्व अर्थमन्त्री ऋषि सुनाक

लन्डन । पूर्व अर्थमन्त्री ऋषि सुनाक बेलायतको नयां प्रधानमन्त्री बन्ने दौडमा अग्रस्थानमा कायमै छन् । सोमबार कन्जरभेटिभ सांसदहरुले गरेको मतदानमा सुनाकले ११५ मत ल्याएर अग्रस्थान कायम राखेका हुन् । यस चरणमा सुनाकले १४ मत बढी ल्याएका छन् । उनी पहिलो चरणदेखि नै लगातार एक नम्बरमा छन् ।

त्यसैगरि, व्यापार मन्त्री पेनी मोर्डन्ट ८२ मतका साथ दोश्रो स्थानमा छन् भने विदेशमन्त्री लिज ट्रस ७१ मत ल्याएर तेश्रो स्थानमा छन् ।

५८ मत ल्याएकी केमी ब्याडेनोक चौंथो स्थानमा छिन् । प्रतिष्पर्धीमध्ये सबैभन्दा थोरै ३१ मत ल्याएका टोम टुगेनहट प्रतिष्पर्धाबाट बाहिरिएका १९२२ कमिटीले जनाएको छ ।

शुरुमा ८ जना प्रतिष्पर्धीबाट अब ४ जना बांकी छन् । मंगलबार चौंथो चरणको मतदान तय छ ।

बुधबारसम्म प्रतिष्पर्धाबाट बांकी रहने दुई उम्मेदवारमध्ये कन्जरभेटिभका करिब एक लाख ६० हजार मतदाताले एक जना उम्मेदवार चुनेर सेप्टेम्बर ५ मा बेलायतको नयां प्रधानमन्त्री घोषणा हुनेछ ।

बोरिस जोन्सनले गत साता राजिनामा दिने घोषणा गरेसंगै नयां नेता चुन्न मतदान जारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू