शनिबार, जेठ ५, २०८१
05:05 | ०९:५०

लन्डनमा सोमबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम

नेपाली लिङ्क जुलाइ १६, २०२२

लन्डन । बेलायती इतिहासमै योपटक यहाँ सबैभन्दा बढी तापक्रम हुने बताइएको छ । आउँदो सोमबार र मंगलबार लन्डन आसपासका क्षेत्रमा ४० डिग्री भन्दा बढी तापक्रम हुने अधिकारीहरुले बताएका छन् । 

अत्यधिक तापक्रमका कारण हुने मृत्यु कम गर्न सबैलाई सतर्क रहन यूके हेल्थ सेक्युरिटी एजेन्सीले चेतावनी दिएको छ ।

सोमबार र मंगलबार लन्डन, म्यानचेष्टर र योर्कलगायतका क्षेत्रमा मेट अफिसले ‘रेड अलर्ट’ चेतावनी जारी गरेको छ । मौसम भविष्यवाणी प्रविधि स्थापना भएयता यो नै पहिलोपल्ट अत्यधिक गर्मीको चेतावनी जारी गरिएको मेट अफिसले उल्लेख गरेको छ ।

मानिसहरुले आफ्नो दैनिकीमा परिवर्तन गर्नुपर्ने, पानी तथा बत्तीमा समस्या आउनसक्ने, मोबाइल फोन नेटवर्कमा समस्या तथा सडक, रेल र हवाई सेवामा समेत ढिलाई हुनसक्ने चेतावनी जारी गरिएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरिएको छ ।

बेलायतमा पहिलोपटक ‘रेड अलर्ट’ जारी गरिएको छ भने राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । गर्मीका कारण धेरै मानिसहरुको मृत्यु हुन सक्ने अनुमान गरिएपनि वास्तविक आंकडा दिन भने यूके हेल्थ सेक्युरिटी एजेन्सीका प्रमुख वैज्ञानिक प्रोफेशर ओलिभरले अस्विकार गरेका छन् 

बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटमा आज आपतकालीन कोब्रा बैठक भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू