शुक्रबार, वैशाख २१, २०८१
06:25 | ११:१०

नयां म्यूजिक भिडियोका साथ आए धनकिरण

नेपाली लिङ्क जुलाइ ९, २०२२

लन्डन । बेलायतमा नेपालीमूलका पहिलो काउन्सिलर धन किरण गुरुङ अर्को म्यूजिक भिडियोका साथ दर्शकमाझ आएका छन् ।

वालगायिका भोइस् किड नेपाल २०२१ फस्ट रनरअप अनुजा कडरिया र धनकिरणको स्वरमा सजिएको म धर्ती बोलको गीतमा भिडियो सार्वजनिक भएको हो ।

शुक्रबार सुर संगम रेकर्डिङ स्टुडियो कमलपोखरी काठमाण्डौंबाट भिडियो रिलिज गरिएको छ ।

‘म धर्ती’ विमोचन कार्यक्रममा संगीतका महारथी स्वर्गीय अम्बर गुरुङका जेष्ठ सुपुत्र गीतारवादक किशोर गुरुङ प्रमुख अथिती र अन्य विभिन्न कला क्षेत्रका व्यक्तिहरु सहभागी थिए ।

डिजी प्रोडक्सन यूकेको प्रस्तुति उक्त म्यूजिक भिडियो निर्मात्री हुन् अल्का गुरुङ । भिडियोमा इलामका रमणीय दृश्य कैद गरिएको छ ।

गीतको शब्द संगीत धनकिरणकै छ । म्यूजिक एरेन्जमेन्ट सुरथ प्रधानले गरेका छन् ।

झण्डै ५०० बढी गीत गाइसकेका गायक तथा संगीतकार धनकिरण पछिल्लो समय निर्देशन क्षेत्रमा पनि ख्याति बटुल्दै छन् ।

धन किरणले बेलायत र आफ्नो जन्मभूमि नेपालमा विपन्न वर्गका साथै शिक्षा, स्वास्थ्य क्षेत्र र दैवीप्रकोपका बेला आर्थिक सहयोग जुटाउंदै आएका छन् ।

आफू विदेशमा रहेर पनि नेपाली गीतसंगीत र कला संस्कृतिलाई जगेर्ना गर्न पाउंदा आफू धेरै खुशी रहेको उनले बताए ।

म्यूजिक भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू