मंगलबार, जेठ १, २०८१
05:31 | १०:१६

बेलायती प्रधानमन्त्री जोन्सनले दिए राजीनामा

नेपाली लिङ्क जुलाइ ७, २०२२


लन्डन-बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएका छन् ।

विहीबार मध्यान्ह प्रधानमन्त्री कार्यालयबाट राजीनामा घोषणा गर्दै उनले कञ्जरभेटिभ पार्टीको नयाँ नेता चयन नहुँदासम्म प्रधानमन्त्रीको रुपमा काम निरन्तर राख्ने बताए।

क्रिस पिचरलाई यौन दुर्व्यवहारसम्बन्धी आरोपबारे जानकारी हुँदाहुँदै पनि सहायक प्रमुख सचेतक नियुक्ति गरेको स्वीकारोक्तिपछि उनीमाथि राजीनामाको तीव्र दबाब आएको थियो ।

जोन्सनको आलोचना गर्दै उनको मन्त्रीमण्डलका दर्जनौँ मन्त्रीले राजीनामा गरेपछि उनी थप चर्को दबाबमा परेका थिए ।

सन् २०१९ मा सम्पन्न आमनिर्वाचनमा स्पष्ट बहुमत ल्याएका जोन्सन आफ्नै पार्टीभित्र सन्तुलन मिलाउन नसक्दा करिब दुई वर्ष अघि नै पदबाट बाहिरिन बाध्य हुनु परेको हो ।  

जोनसनको सरकार पछिल्लो समय कैयौँ विवादमा परेको थियो। उनीमाथि कोरोनाभाइरस लकडाउन बेला डाउनिङ स्ट्रीटमा पार्टी आयोजना गरेको र त्यस विषयमा संसद्लाई ढाँटेको भन्दै प्रहरी अनुसन्धान समेत भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू