बुधबार, जेठ २, २०८१
00:01 | ०४:४६

दबाबमा बेलायती प्रधानमन्त्री, दर्जनौँ मन्त्री र सल्लाहकारले गरे राजीनामा

नेपाली लिङ्क जुलाइ ६, २०२२

लन्डन। सरकारका प्रभावशाली केही मन्त्रीसहित झन्डै तीन दर्जन मन्त्री र सल्लाहकारले राजीनामा गरेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन ठूलो दबाबमा परेका छन्।  

बोरिस मन्त्रीमन्डलका सबैभन्दा शक्तिशालीमध्ये एक अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेदले राजीनामा गरेको २४ घण्टा बित्न नपाउंदै जोन्सनको साथ छोड्ने मन्त्री र सल्लाहकार झन्डै तीन दर्जन पुगेका छन्। बुधबार अपरान्हसम्म जम्मा ३४ जना मन्त्री र सल्लाहकारले राजीनामा गरेका छन्।  

यौन दुर्यव्यहारको आरोपितलाई महत्वपूर्ण पदमा नियुक्त गरेको विषयमा प्रधानमन्त्री बोरिस जोन्सनमाथि नैतिक प्रश्न उठाउँदै मन्त्रीहरुले राजीनामा गरेका हुन्।

दर्जनौँ मन्त्रीको राजीनामापछि प्रधानमन्त्री जोन्सनमाथि राजीनामाको चर्को दबाब परेको छ। उनको पार्टी पंक्तिका साथै अझै सरकारमा रहेका कयौं मन्त्री समेतले उनलाई राजीनामा गर्न सुझाव दिएको बताइएको छ।

तीव्र दबाबबीच पनि प्रधानमन्त्री जोन्सनले भने अहिलेसम्म राजीनामाको कुनै संकेत गरेका छैनन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू