शनिबार, वैशाख ८, २०८१
20:57 | ०१:४२

शर्मिला बर्देवाको ‘यो मुटुको’ गीतको म्यूजिक भिडियो सार्वजनिक

नेपाली लिङ्क जुलाइ २, २०२२

लन्डन । गायिका शर्मिला बर्देवाको स्वरमा सजिएको ‘यो मुटुको’ बोल रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियो गायिका बर्देवाको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

रबि मल्लको शब्द तथा कल्याण सिंहको संगीत रहेको यस गीतको म्यूजिक भिडियो निर्देशन तथा कोरियोग्राफी प्रभु गुरुङले गरेका हुन् ।

बेलायतका विभिन्न स्थानमा छायांकन गरिएको म्यूजिक भिडियोमा सलिना थापा मगर र सरोज केसीले अभिनय गरेका छन् ।

म्यूजिक भिडियो सुमन श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन् भने मेकअपको जिम्मा पुष्पा गुरुङले भूमिका निर्वाह गरेकी छन् 

म्यूजिक भिडियो हेर्नुहोस्-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू