शनिबार, वैशाख १५, २०८१
22:49 | ०३:३४

जीआरएनसीले ९ जुलाईमा सांगीतिक साँझ गर्ने

नेपाली लिङ्क जुन २४, २०२२

लण्डन – ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) ले सांगीतिक साँझ गर्ने भएको छ ।  

जीआरएनसीले ९ जुलाई २०२२ शनिबार साँझ ६ देखि १० बजेसम्म इम्पायर हल अल्डरसटमा सांगीतिक कार्यक्रम गर्ने भएको हो । 

उक्त साँझमा जीआरएनसीको निमण्त्रणामा नेपालबाट आएका कलाकारहरु हाँस्य कलाकार निर आले, नृत्यांगना रीना थापा मगर, दोहारी गायिका शान्ति रानी परियार र दोहारी गायक रन बहादुर थापा (बिलन) ले आफ्नो गायन कला प्रस्तुत गर्नेछन् । 

कार्यक्रममा प्रवेश शुल्क जम्मा £१० राखिएको छ। उक्त कार्यक्रमबाट उठेको रकममध्ये केही मानवीय सहयोगमा खर्चिने जीआरएनसी अध्यक्ष मान गुरुङले जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू