शनिबार, वैशाख १५, २०८१
01:52 | ०६:३७

अल्डरसट गुम्बामा नेपालबाट आएका खेन्पो गेशे थुप्तेनलाई स्वागत

नेपाली लिङ्क जुन २३, २०२२

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले बेलायत भ्रमणमा रहेका नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत बौद्ध दर्शन प्रबध्र्दन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्डोल) लाई स्वागत गरेको छ ।

उनलाई बुधबार बिसीसी यूके अध्यक्ष धर्म तामाङलगायत सदस्य तथा आमाहरुले खादा लगाई बिसीसी यूकेको अल्डरसटस्थित गुम्बामा स्वागत गरिएको हो ।

सो अवसरमा बिसीसी यूकेका संस्थापक अध्यक्ष एवं सल्लाहकार ले.रि. काजी शेर्पाले बिसीसी यूकेको स्थापना कहिले र कसरी भयो भन्नेबारे बताउँदै यसले गर्दै आएको विभिन्न कार्यको जानकारी दिएका थिए ।

त्यस्तै, विकास समितिका अध्यक्ष खेन्पो शेर्पाले मानव जीवनमा बुद्ध धर्मको महत्वको चर्चा गर्दै बौद्ध धर्मबारे प्रवचन दिएका थिए । उनले बिसीसी यूकेले बेलायतमा बुद्ध धर्मको प्रचारप्रसार लगायत आफ्ना कला र संस्कृति जर्गेना गर्न खेलेको भूमिकाको प्रसंशा गर्दै आफु आवद्ध रहेको विकास समितिले गर्दै आएको विभिन्न कार्यहरुबारे जानकारी गराए ।

उक्त स्वागत कार्यक्रमको अन्त्यमा बिसीसी यूकेका अध्यक्ष धर्म तामाङले खेन्पोलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै बिसीसी यूकेले गर्दै आएको विभिन्न धार्मिक, साँस्कृतिक, शैक्षिक र च्यारिटीमूलक कार्यबारे जानकारी दिए ।

उक्त कार्यक्रममा बिसीसी यूकेका लामा गुरु खेन्पो कुन्ख्याप, खेन्पो कालजंङ र्धोर्जी, लोपन नोर्बु, संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पा, उपाध्यक्ष हर्क गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङलगायत आमाहरु, शुभचिन्तक एवं धर्ममित्रहरुको उपस्थिति थियो ।

बिसीसी यूके अध्यक्ष धर्म तामाङको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रम बिसीसी युकेका महासचिव क्याप्टेन देब घलेले सञ्चालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू