शनिबार, वैशाख १५, २०८१
21:03 | ०१:४८

देउवा र प्रचन्डसँग गेसो प्रतिनिधिमण्डलको भेट, गोर्खा वार्ता चाँडो शुरु गर्न दबाब

नेपाली लिङ्क जुन २३, २०२२

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचन्डसँग संयुक्त भेटवार्ता गरी गोर्खा वार्ता चाँडो अघि बढाउन दबाब दिएको छ ।

सभापति कृष्णकुमार राई नेतृत्वमा गेसोका पदाधिकारीहरु विहीबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर देउवा र प्रचन्डसँग छलफल गरेका हुन्।

त्यसअवसरमा गेसोका पदाधिकारीले गोर्खा मुद्धामा बेलायत सरकार र नेपाल सरकारबीच आसन्न वार्ताको प्रक्रियामा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरेका थिए। उनीहरुले वार्ता तत्काल शुरु गर्नका लागि पहल गरिदिन आग्रह गरेका थिए।  

त्यस्तै, वार्ता तयारीका लागि नेपाल सरकारका पक्षबाट भएका प्रगतिबारे प्रधानमन्त्री र सत्तारुढ माओवादी अध्यक्षसँग जानकारी लिइएको गेसोले एक वक्तव्यमार्फत् जनाएको छ।  

गेसो सभापति कृष्णकुमार राईले प्रधानमन्त्री र माओवादी अध्यक्षसंगको भेटवार्ता निकै सकारात्मक भएको प्रतिक्रिया दिए। 

‘उहाँहरु दुवै नेता गोर्खा मुद्धामा गम्भीर हुनुहुन्छ । वार्ता तत्काल अगाडि बढाउन हामीले गरेको पहललाई सकारात्मक रुपमा लिनुभएको छ। अब नेपाल सरकारबाट थप तीव्र एक्सन हुनेछ भन्नेमा हामी आशावादी छौं’, राईले नेपाली लिंकलाई भने।  

सो अवसरमा पूर्व गोर्खा सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने भन्दै गेसो प्रतिनिधिमण्डलले राखेको मागलाई समेत प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचन्डले सकारात्मक रुपमा लिएको गेसोले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू