मंगलबार, वैशाख ११, २०८१
10:02 | १४:४७

बेलायतमा तीन दशकयताकै ठूलो रेल हडताल  

रासस-एएफपी जुन २१, २०२२

लन्डन-बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मंगलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ ।

हडताल अन्त्यका लागि भएको वार्ता असफल भएको छ । यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनका लागि आफ्नो कामबाट बाहिरिका छन् ।

रेल र लन्डन भूमिगत स्टेशन मंगलबार बिहान बन्द, भएपछि मानिसलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ ।

लन्डनको बाहिरी भागमा बिहान ६ बजेपछि बस स्टेशनमा मानिसको भीड पर्खिरहेको थियो । यातायात मन्त्री ग्रान्ट साप्सले यस हडतालको निन्दा गरेका छन् । हड्तालले सन् १९७० का ति खराव दिनहरुको सम्झना गराएको उनले बताए ।

साउथ इष्टर्न रेल आसफोर्डमा पार्क गरिएका छन् । तस्बिर- एपी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू