आइतबार, असार १९, २०७९
12:54 | १७:३९

माया दिदी रेष्टुरेन्टलाई लन्डन करी अवार्ड

नेपाली लिङ्क जुन २१, २०२२

I

लन्डन । साउथ इष्ट लन्डनको वुल्लीचस्थित लोकप्रिय ‘माया दिदी’ रेष्टुरेन्टले बेलायतको प्रतिष्ठित करी अवार्ड प्राप्त गरेको छ।

सोमबार सम्पन्न लन्डन करी अवार्ड २०२२ मा ‘बेस्ट नेप्लिज करी रेष्टुरेन्ट अफ द् इयर’ विधामा माया दिदीले अवार्ड हात पारेको हो। उक्त विधामा मनोनयनमा परेका ९ मध्ये उत्कृष्ट ठहर हुँदै ‘माया दिदी’ अवार्ड प्राप्त गर्न सफल भयो ।  

लन्डन करी अवार्ड ‘ओसिअनिक कन्सल्टिङ एन्ड इलाइट इभेन्ट्स’ द्वारा लन्डनमा वर्षेनी आयोजना हुँदै आएको छ।

सन् २०१४ मा वुल्लीचमा खुलेको माया दिदी रेष्टुरेन्टकी सञ्चालक माया दिदी (शैलजा आचार्य) हुन्। जसलाई उनका श्रीमान गोकुल श्रेष्ठ र परिवारको पूर्ण साथ रहंदै आएको छ।

पारिवारिक वातावरणमा मौलिक नेपाली स्वाद पस्किन सफल माया दिदी रेष्टुरेन्टलाई अहिले बेलायतकै लोकप्रिय नेपाली रेष्टुरेन्टमध्ये एक मानिन्छ।

माया दिदीको मेन्यूमा नेपालका लोकप्रिय स्ट्रिट फुड आइटमहरुदेखि घरघरका चुल्होमा पाक्ने परिकार र रेष्टुरेन्टहरुमा पाइने ‘फेभरेट डिस’ हरुसम्मको विविधता छ।

माया दिदी रेष्टुरेन्टमा ताजा र मौलिक नेपाली स्वादका साथै घरकै पाहुनालाई जस्तो प्रदान गरिने न्यानो आतिथ्यलाई पनि ग्राहकले विशेष रुपमा रुचाउने गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू