शुक्रबार, वैशाख ७, २०८१
00:16 | ०५:०१

मोना भलिबल प्रतियोगितामा अहिलेसम्मकै बढी पुरस्कार राशी

नेपाली लिङ्क जुन १९, २०२२

लन्डन । आगामी जुलाई २ मा हुन गइरहेको चौथो मोना भलिबल प्रतियोगिताको पुरस्कार राशी हालसम्म बेलायतस्थित नेपाली समुदायमा वितरण गरिएका पुरस्कार रकमको तुलनामा सबैभन्दा बढी रहेको आयोजकले दावी गरेको छ ।

उक्त प्रतियोगितामा पुरुषतर्फका विजेताले एक हजार छ सय पाउण्ड नगद, ट्रफी तथा रनिंगशिल्ड प्राप्त गर्नेछन् भने उपविजेता हुनेले एक हजार पाउण्ड प्राप्त गर्नेछन् । यसैगरी महिलातर्फ विजेता हुनेले नौ सय पाउण्ड र उपविजेताले छ सय पाउण्ड प्राप्त गर्नेछन् ।

भेट्रानतर्फका विजेताले एक हजार र उपविजेताले छ सय पाउण्ड प्राप्त गर्नेछन् । कार्यक्रममा ठेलो (छेलो) प्रतियोगिता पनि राखिएको छ, जसमा प्रथम हुनेले दुई सय पचास पाउण्ड नगद पाउनेछन् । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडी टीमले छेलोको लागि २० पाउण्ड, भेट्रानतर्फ १५० पाउण्ड, महिलातर्फ १३० पाउण्ड र पुरुषतर्फ १८० पाउण्ड दर्ता शुल्क राखिएको छ ।

प्रतियोगिता बेलायतको अल्डरसटस्थित रशमोर सेन्ट्स फुटबल क्लबमा बिहान ८:३० देखि सुरु हुनेछ । भलिबल प्रतियोगिताका साथै खेलाडी तथा खेलप्रेमी दर्शकहरूलाई मनोरन्जन दिलाउने उद्देश्यले सांगीतिक प्रस्तुति पनि समावेश गरिने भएको छ ।

प्रतियोगिता सकिएपछि ‘माइ यूके’ टिमले अल्डरसटस्थित एम्पाएर हलमा राति ९ देखि बिहान ३ बजेसम्म आफ्टरपार्टी गर्ने भएको छ । सो पार्टीमा बेलायतका चर्चित व्याण्डहरु दाजुभाई ब्याण्ड र प्रान्ज व्याण्डको प्रस्तुति रहनेछ भने गायिका एलिना गुरुङले थप मनोरन्जन प्रदान गर्नेछिन् ।

एस काजीले डीजे भूमिका निर्वाह गर्नेछन् । मोना यूकेका उपाध्यक्ष पदम (सुन्दर) गर्बुजाले कार्यक्रमको संयोजन सम्बन्धि जिम्मेवार सम्हालेका छन् । एडभान्स टिकटको लागि मोना युथ भलिबल क्लबका उपाध्यक्ष तारा गर्बुजामगरलाई  सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू