शनिबार, वैशाख २२, २०८१
05:31 | १०:१६

बेलायतमा एज ब्याण्ड आउंदै, महामारीपछिकै ठूलो कन्सर्ट तयारी

नेपाली लिङ्क जुन १९, २०२२

लन्डन । बेलायतस्थित नेपाली समुदायले वृहत कन्सर्ट तयारी गरेको छ । युवाहरुको ढुकढुकी ‘एज ब्याण्ड’ लन्डन झिकाएर कन्सर्ट तयारी भएको हो ।

एचके समर वायरलेस नाम दिइएको उक्त कन्सर्ट एचके इन्टरटेनमेन्टले ८ जुलाई शुक्रबार साउथ वेष्ट लन्डनको इलेक्ट्रिक ब्रिक्सटनमा आयोजना गर्दैछ ।

झण्डै १७ सय दर्शक अट्ने क्षमताको इलेक्ट्रिक ब्रिक्सटन लाइभ कन्सर्ट र क्लबिङका लागि प्रख्यात मानिन्छ । उक्त ‘आइकोनिक’ म्यूजिक भेन्यूमा विश्वप्रसिद्ध कलाकारहरुले लाइभ प्रस्तुति दिने गर्छन् ।

एचके इन्टरटेनमेन्टका वरिष्ठ सल्लाहकार क्याप्टेन पिताम्बर गुरुङले उक्त कन्सर्ट महामारीपछि बेलायतमा नेपाली समुदायले गर्ने सम्भवतः सबैभन्दा ठूलो हुने बताए ।

कन्सर्टबारे जानकारी दिन आयोजित एक पत्रकार सम्मेलनमा गुरुङले एज ब्याण्डसहित बेलायत र नेपाली कलाकारहरु अपूर्व तामाङ, बिक्की गुरुङ, सोनाम टपडेन र प्राज्ना लाइभ प्रस्तुति दिन लन्डन आउन लागेको बताए ।

सृजना गुरुङ र एलिना गुरुङ कार्यक्रमका होस्ट हुनेछन् । पत्रकार सम्मेलनमा कार्यक्रमकी होस्ट एलिनाले दर्शकहरुलाई भरपुर मनोरन्जन दिन आफूहरु तयार रहेको बताइन् ।

डिजेद्वय एस काजी र सिम्ज् कन्सर्टका थप आकर्षण हुन् । कार्यक्रमलाई वाटरमेलन मोर्गेजेजले मुख्य प्रायोजन गरेको छ ।

कार्यक्रमका पिल्लर सुवास गुरुङले विशेष हुने उक्त सांगीतिक कन्सर्ट नछुटाउन सबैमा आग्रह गरेका छन् । बेलायतको अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपाली गीत संगीत प्रचार प्रसार र नेपाली दर्शकलाई मनोरन्जन दिन कन्सर्ट आयोजना गरिएको उनले जनाए । उनले कन्सर्टबाट सन्चित केही रकम च्यारिटीलाई प्रदान गरिने पनि बताए ।

एच के इन्टरटेन्मेन्ट्स बेलायतमा व्यवसायिक तरिकाले कार्यक्रम गर्ने युवाहरुको संस्था हो । यो शुरुमा हङकङमा स्थापना भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू