शुक्रबार, वैशाख २१, २०८१
19:12 | २३:५७

बेलायत आउने भए नेपाली नर्स, बेलायत सरकारसँग श्रम सम्झौता स्वीकृत गर्ने निर्णय

नेपाली लिङ्क जुन १६, २०२२

लण्डन – नेपाल सरकारले बेलायत सरकारसँग दुई पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारबीचको दुई पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको बताए ।

श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरिसकेका छन्   

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौँस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा तयार गरिएको हो ।

रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन ।

गत साता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेकी थिइन् ।

रोजगारीका लागि प्रारम्भमा दुई हजार नर्स पठाउन नेपाल तयार रहेको बताइएको छ । 

मन्त्रिपरिषद् निर्णय:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू