शनिबार, वैशाख २२, २०८१
06:13 | १०:५८

विश्व कीर्तिमानी आरोही पूर्जालाई बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित ‘एमबीई’

नेपाली लिङ्क जुन ९, २०२२

लन्डन । विश्व कीर्तिमानी युवा नेपाली पर्वतारोही निर्मल पूर्जा बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित अवार्ड ‘एमबीई’ बाट सम्मानित भएका छन् ।

बेलायती महारानीको जन्मदिनको अवसरमा सन् २०१८ जुनमा सम्मान सूचीमा परेका पूर्जालाई बुधबार वीन्जर क्यासलस्थित दरवारबाट अवार्ड प्रदान गरिएको हो ।

पूर्जाले सन् २०१६ मा हिमाल आरोहणमा रहेका गोर्खाहरुलाई उद्वार गर्नुका सन् २०१७ मा ८ हजार भन्दा माथिका हिमाल आरोहण गरेर उनलाई सम्मान गरिएको हो ।

श्रीमती सूची, घरपरिवार, दाजु तथा साथीभाइको साथ सहयोगले आफू सफल भएको उनले बताएका छन् । ‘मलाई सहयोग गर्ने सम्पूर्ण व्यक्तिलगायत मेरो पुस्तक र वृत्तचित्र हेरेर साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु’- पूर्जाले सामाजिक सन्जाल फेसबुकमार्फत भनेका छन् ।  

उनी संसारकै दोस्रो अग्लो हिमाल ‘के-टु’ जाडो याम (विन्टर सिजन) मा चढ्ने पहिलो व्यक्तिको रुपमा नयाँ रेकर्ड बनाउन सफल भएका थिए । उक्त हिमाल आरोहण गर्ने क्रममा हालसम्म ७ दर्जन बढीले ज्यान समेत गुमाइसकेका छन् ।

पूर्व गोर्खा सैनिक समेत रहेका म्याग्दीका निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू