शनिबार, वैशाख २२, २०८१
06:18 | ११:०३

ब्रिटिश प्रधानमन्त्री जोनसनको जोगियो पद

रासस/सिन्ह्वा जुन ७, २०२२

प्रधानमन्त्री बोरिस जोन्सन । तस्विर- एएफपी

लन्डन, २४ जेठ–ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गरेका छन् । उनी विरुद्ध आफ्नो कन्जर्भेटिभ पार्टीमा विश्वास नरहेको भन्दै केही सांसदले विश्वासको मत लिनुपर्ने भनी प्रस्ताव दर्ता गराएका थिए ।

उनीप्रति विश्वास छ भनेर विश्वासको मतको पक्षमा यहाँका २११ जना सांसदले मत दिएका छन् । उनको दलका सांसदहरु ३५९ जनामध्ये २११ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

यो सँगै अब उनी एक वर्षका लागि सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ । हिजोको मतदानमा उनको विपक्षमा १४८ जना सांसदले मत दिएका थिए । प्रधानमान्त्री जोनसनले विश्वास मत प्राप्त गरेपछि आफूलाई नतिजा राम्रो लागेको बताएका छन् । 

उनले सो नतिजालाई ‘निर्णायक’ र आफ्ना लागि ‘धेरै राम्रो’ भएको बताए ।

यो नतिजासँगै उनी अब प्रधानमन्त्री पदबाट हट्नु नपर्ने भएको छ । उता आलोचकहरूले भने उनी विरुद्ध पार्टीभित्रैबाट एक प्रकारको विद्रोह भएको बताउंदै यसले आगामी दिनमा उनका अधिकारहरुमा पनि कटौती हुनसक्ने बताएका छन् ।

आफ्नो पार्टीबाट अविश्वासको प्रस्ताव आएपछि उनलाई कतिपयले राजीनामा दिन पनि आह्वान गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू