शनिबार, वैशाख २२, २०८१
20:29 | ०१:१४

मन्दिर पुनर्निर्माणमा व्यवसायी लामिछानेको २१ लाख बढी सहयोग

नेपाली लिङ्क जुन ७, २०२२

लन्डन । लन्डनका सफल व्यवसायी रविजंग लामिछानेले पर्वतस्थित जलजला गाउंपालिका- २ पूर्ण गाउंमा अवस्थित एक मन्दिर पुनर्निर्माणमा २१ लाख २१ हजार ७ सय १७ रुपैयां सहयोग गरेका छन् ।

वि.सं. २०७२ को महाभूकम्पले क्षतिग्रस्त उक्त मन्दिर पुनर्निर्माणको शिलान्यास व्यवसायी लामिछानेले नै दुई वर्षअघि २०७६ साल माघ १६ मा गरेका थिए ।

लामिछानेले गत जेठ १८ मा एक कार्यक्रमबीच मन्दिरको प्राण प्रतिष्ठा तथा मूर्ति प्रतिस्थापन समेत गरेका छन् ।

आर्थिक संयोजक डम्बर जिसीले मन्दिर पुनर्निर्माणको कुल लागत ७८ लाख ५६ हजार ७८१ रुपैंया रहेको जनाए ।

निर्माण कार्य अझै बांकी रहेकाले मन्दिरको औपचारिक उद्घाटन भने असोजतिर व्यवसायी लामिछाने र राज्यका विशिष्ट ब्यक्तिबाट गर्ने योजना रहेको जिसीको भनाइ छ ।

उक्त मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व छ । १६ औं शताव्दीदेखि नै त्यहां पूजा हुंदै आएको छ ।

प्रत्येक ५ वर्षमा गरिने कुल पूजामा ७७ जिल्लाका घर्ती क्षेत्री (लामिछाने) हरु सहभागी हुने परम्परा छ । यस वर्ष जेठ ३१ मा संयुक्त कुल पूजा हुंदैछ । त्यहां गर्ग गोत्रीय घर्ती क्षेत्री र मौज्गल्य गोत्रीय कार्की क्षेत्रीको २ वटा मन्दिर बनाइएको छ ।

नेपालमा एकै ठाउँमा एउटै शैलीको दुई मन्दिर सम्भवतः यो पहिलो हुने स्थानीयको विश्वास छ ।  

व्यवसायी रविजंग लामिछाने

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू