शुक्रबार, चैत १६, २०८०
09:59 | १५:४४

देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ बेलायतमा छिट्टै

नेपाली लिङ्क जुन २, २०२२

लन्डन – देशभक्तिपूर्ण नेपाली चलचित्र ‘काँडेतार’ बेलायतमा चाँडै आउने भएको छ ।

चलचित्रकी सहनिर्मात्री समेत रहेकी बेलायतस्थित कलाकार रोमियन लिम्बुले अगष्टतिर बेलायतमा उक्त फिल्म रिलिज गर्ने तयारी भएको बताइन् । रोमियन नेपाल चलचित्र कलाकार संघ यूकेकी अध्यक्ष पनि हुन् ।

कांडेतारमा रोमियन मुख्य पात्र नवल खड्काकी श्रीमतिको भूमिकामा छन् । ‘मलाई मेरो भूमिका ज्यादै मन परेको छ । फिल्मभरि आफू केन्द्रमा रहने भएकाले दर्शकसंगै फिल्म हेर्न निकै आतुर छु’, उनले भनिन् ।

फिल्मले विदेशमा रहेका गैर आवासीय नेपालीको मन अझ जित्ने आशा रोमियनको छ । ‘हामी वाध्यताले मातृभूमिभन्दा टाढा छौं । यस्तो अवस्थामा नेपाल र नेपालीका कुराले हामीलाई निकै छुन्छ’, उनले भनिन्, ‘फिल्महरु केवल व्यापारिक प्रयोजनका लागि बनिरहेको अवस्थामा कांडेतारले देशप्रेमलाई उजागर गर्दै आफ्नो सार्वभौम रक्षा गर्न प्रेरित गरेको छ ।’

उक्त फिल्म निर्माण पक्षले फिल्मको पहिलो पोष्टर सार्वजनिक गर्दै अहिले पोष्ट प्रोडक्शनको काम भइरहेको जानकारी दिएको छ ।

उक्त फिल्ममा कलाकारहरु नवल खडका, गौरव पहाडी, रेबिका गुरूङ्ग, सुरबिना कार्की, प्रशान्त यादव, रोमियन लिम्बु, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा आदि कलाकारको अभिनय छ ।

‘काँडेतार’ मा कलाकार रोमियन लिम्बु

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू