शनिबार, जेठ ५, २०८१
06:18 | ११:०३

नेपालमा लगानी बढाउनेबारे राजदूत आचार्य र ब्रिटिश मन्त्रीबीच छलफल

नेपाली लिङ्क जुन १, २०२२


लन्डन। नेपालमा बेलायती लगानी बढाउने विषयमा बेलायतका लागि नेपाली राजदूत र एक बेलायती मन्त्रीबीच छलफल भएको छ। 

बुधबार लन्डनस्थित नेपाली दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्य र दक्षिण एसिया, उत्तर अफ्रिका, संयुक्त राष्ट्रसंघ तथा कमनवेल्थ मन्त्री लर्ड अहमदबीच भेटवार्ता भएको हो।  

दूतवासले राजदूत आचार्य र मन्त्री अहमदबीच नेपाल- बेलायत द्वीपक्षीय सम्बन्धका समग्र विषयमा छलफल भएको जनाएको छ।

उक्त अवसरमा नेपालमा बेलायती लगानी बिस्तार गर्नेबारे पनि महत्वका साथ छलफल भएको जनाइएको छ।

राजदूत र मन्त्रीबीचको भेटवार्तामा दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, सेकेन्ड सेक्रेटरी रामबाबु नेपालसहित बेलायती विदेश मन्त्रालयका अधिकारीहरुसमेतको सहभागिता थियो।

नेपाली राजदूतसंगको भेटपछि बेलायती मन्त्री अहमदले लगानी तथा व्यापार र ‘क्लिन इनर्जी’ लाई थप प्रोत्साहित गर्ने दुई देशको साझा अठोटबारे आफूहरुबीच छलफल भएको बताएका छन्।

बेलायत र नेपालबीच रहंदै आएको ऐतिहासिक सम्बन्ध अहिले झन् बलियो बन्दै गएको उनले उल्लेख गरेका छन् ।

यसअघि गत महिना मात्रै मन्त्री लर्ड अहमदको पूर्व निर्धारित नेपाल भ्रमण स्थगित भएको थियो। 

मन्त्री अहमदलाई कोभिड भएपछि उनको गत १९ मेमा तय नेपाल भ्रमण स्थगित भएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू