मंगलबार, जेठ १, २०८१
09:53 | १४:३८

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेमा नयाँ नेतृत्व, अध्यक्षमा योगेश गुरुङ

नेपाली लिङ्क जुन १, २०२२

लन्डन-साउथ इष्ट लन्डनस्थित डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको दोश्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। 

गत आइतबार वुल्लीचस्थित आफ्नै गुम्बामा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा योगेश गुरुङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।

अधिवेशनले गुम्बा स्थापनामा महत्वपूर्ण योगदान गर्ने संस्थापक अध्यक्ष सुमलकुमार गुरुङलाई संस्थाको संरक्षक मनोनित गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ, उपाध्यक्ष शर्मिला हिराचन, महासचिव हेम प्रसाद छन्त्याल र कोषाध्यक्ष रत्ना गुरुङ छन् । सहकोषाध्यक्ष, सहसचिव लगायतका पदमा विशेष बैठक गरी पदपूर्ति गर्ने निर्णय गरिएको छ ।

राम गुरुङ, हरि गुरुङ र श्याम शेरचन सदस्य रहेको निर्वचन समितिले नयाँ कार्यसमिति चयन गरेको थियो । नवनियुक्त कार्यसमितिलाई निर्वाचन आयुक्त हरि गुरुङले शपथ ग्रहण गराएका थिए।

यसअघि संस्थापक अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशन गुम्बाका मूलगुरु खेन्पो शिरलामा (थुप्तेन येशे) गुरुङद्वारा अष्टमंगल प्रार्थनासहित दीप प्रज्वलन गरी शुभारम्भ गरिएको थियो। 

अधिवेशनलाई आरजिएनएसका पूर्व अध्यक्ष हरिगोविन्द गुरुङ, फेदिखोला समाज यूकेका अध्यक्ष हरि गुरुङ, पन्चासे समाज यूकेका अध्यक्ष शिवराम गुरुङ बिईएम, जिगेसाका पूर्व अध्यक्ष ओमप्रसाद गुरुङ, ट्हो ह्यूल हङकङका पूर्व अध्यक्ष क्याप्टेन कमल गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना दिएका थिए।

महासचिव योगेश गुरुङले सञ्चालन तथा उपाध्यक्ष मिना गुरुङले स्वागत मन्तव्य दिएको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार राम गुरुङले आफ्नो शुभकामना मन्तव्य दिंदै संस्थाको हितमा एकजुट भएर अघि बढ्न आव्हान गरे ।  

त्यसअवसरमा अध्यक्ष सुमलकुमार गुरुङले एक पावरपोइन्ट प्रिजेन्टेसनमार्फत् डिबिसी यूकेको स्थापनादेखि गुम्बा स्थापनाको चरणसम्मको यात्राबारे जानकारी गराएका थिए । 

अधिवेशनमा निवर्तमान समितिका महासचिव योगेश गुरुङ र कोषाध्यक्ष सुर्जा गुरुङले पेश गरेका प्रगति आर्थिक प्रतिवेदन अनुमोदन गरिएको थियो। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू