मंगलबार, चैत ६, २०८०
04:24 | १०:०९

इंग्ल्याण्ड फुटबलमा नेपाली युवालाई सहभागिताका लागि अवसर

नेपाली लिङ्क मे ३१, २०२२


लन्डन । इंग्ल्याण्ड फुटबलमा नेपाली युवा पनि सहभागी हुने अवसर मिलेको छ । इंग्ल्याण्ड एफएले ‘वान कम्युनिटी वान फुटबल’ अन्तर्गत सबै समुदायका युवालाई खेलमा प्रतिनिधित्व गराउने आफ्नो लक्ष्यमा सहभागी हुन अपिल गरेको छ । 

सो अवसरबारे नेपाली समुदायलाई अवगत गराउन गत सोमबार स्वीन्डनमा एक कार्यक्रम भएको छ । नेपाली एसोसिएसन अफ वील्सायरको संयोजनमा कार्यक्रम भएको हो ।  

स्वीन्डन टाउन फाउण्डेशन पार्कमा आयोजित उक्त कार्यक्रममा एफएका डाइभर्सिटी एन्ड इन्क्लुजन म्यानेजर अरान विलियम्स्, फुटबल सपोर्टर्स एसोसिएसनका क्याम्पियन म्यानेजर अन्वर उद्दीन, वील्सायर काउन्टी फुटबल एसोसिएसन, स्वीन्डन टाउन एफसी, यूके नेपाल फ्रेण्डसीप सोसाइटी प्रतिनिधिसहित नेपाली र अन्य समुदायका करिब ८० जना सहभागी थिए ।

इंग्ल्याण्ड एफएले नेपालीसहित इथ्नीक माइनोरिटी पनि खेलमा सहभागी हुन् भन्ने चाहेकाले आफूहरुले कार्यक्रम गरि यसबारे जानकारी दिएको नेपाली एसोसिएसन अफ वील्सायरका अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताए ।

एफएका डाइभर्सिटी एन्ड इन्क्लुजन म्यानेजर अरान विलियम्सले फुटबलमा कुनै विभेद र पूर्वाग्रह हुनु हुन्न भन्ने मान्यता इंग्ल्याण्ड एफसीको रहेको जनाउंदै इथ्नीक माइनोरिटी कम्युनिटीलाई ग्रास रुट र व्यवसायिक खेलमा अवसर दिने इंग्ल्याण्ड एफसीको उद्देश्य रहेको उल्लेख गरे ।

इंग्ल्याण्ड एफएले युवा खेलाडीलाई विभिन्न क्लवमा अवसर र रेफ्री प्रशिक्षण समेत दिने जनाउंदै अध्यक्ष गुरुङले इच्छुक नेपाली युवालाई पनि सम्पर्क गर्न अनुरोध गरेका छन् ।

सम्पर्कका लागि-

Arran Williams

Diversity & Inclusion Manager, The FA

[email protected]

Anwar Uddin

Campaigns Manager – Fans for Diversity

Football Supporters Association

[email protected]

Gyan Gurung

President

Nepalese Association Wiltshire

[email protected]

Oliver Selfe

Chief Executive Officer

Wiltshire FA

[email protected]

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू