बिहीबार, वैशाख १३, २०८१
16:38 | २१:२३

गैरआवासीय नेपाली नागरिकता तत्काल प्रदान गर्न एनआरएनएको माग 

नेपाली लिङ्क मे २२, २०२२

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता तत्काल लागू गर्न नेपाल सरकारसंग माग गरेको छ। 

नेपालको संविधान २०७२ मा सार्क मुलुक बाहेक अन्यत्र बसोबास गर्ने प्रवासी नेपालीहरुका लागि गैरआवासीय नेपाली नागरिकताको व्यवस्था छ तर त्यस सम्बन्धी कानून नबनेकाले अझै लागू हुन सकेको छैन। 

प्रधानमन्त्री कार्यालयमा एक ज्ञापनपत्र पठाउदै संघले नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको नीति तथा कार्यक्रमका लागि ८ बुँदे सुझाव दिएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले संघले गैरआवासीय नेपाली नागरिकतालगानीवैदेशिक रोजगारनेपालको पूर्वाधार विकास लगायतका विषयमा ती सुझावहरु पेश गरिएको जनाए ।

संघका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयमा पठाएको पत्रमा समावेश गरिएका बिषयहरु सम्बोधन भएमा नेपालमा लगानीको वातावरण सुदृढ हुनगई विदेशी मुन्द्राको संचितिमा समेत बृद्धि हुने आचार्यले बताए।

संघले गैरआवासीय नेपाली सम्बन्धि ऐन तथा नियमावलीविदेशी लगानी प्रविधि हस्तान्तरण ऐन तथा नियमावलीमा रहेको द्विविधालाई हटाउन आग्रह गरेको छ।

संघले गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेका मुलुकहरुमा नेपाली दूतावास तथा कूटनीतिक नियोग स्थापनाको लागि पहल गर्न आग्रह गरेको छ।

संघले विदेशबाट नेपाल फर्किएका गैरआवासीय नेपालीहरुलाई  नयां व्यापारव्यवसाय सुरु गर्नको लागि ज्ञानसीप तथा पूंजीको व्यवस्था गर्न नीति तथा कार्यक्रममा उल्लेख गर्न अनुरोध गरेको छ।

आचार्यले नेपालको संविधान २०७२ मा भएको व्यवस्था अनुसार गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नका लागि तत्काल  कानुन बनाई कार्यान्वयन गर्ने प्रतिबद्धतासहितको नीति तथा कार्यक्रममा बनाउन संघले सुझाव दिएको बताए । 

हामी नेपालको विकास र समृद्धिमा हातेमालो गर्न प्रतिबद्ध छौं। संविधानमा उल्लेखित गैरआवासीय नेपाली नागरिकताको प्रावधान कार्यान्वयन गरिएमा संसारभरि रहेका प्रवासी नेपालीहरुलाई  नेपालमा आफ्नो सीप र क्षमता भित्र्याउन प्रोत्साहित हुनेछन्’आचार्यले भने । 

आचार्यले नेपालको वैदेशिक मुद्रा सञ्चितिमा दबाब बढिरहेका बेला नेपाली बैंकहरुमा डलर खाता खोल्न संघले अभियान संचालन गरिरहेको पनि बताए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू