मंगलबार, वैशाख ११, २०८१
10:04 | १४:४९

लन्डन आइपुगे प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री कार्की

नेपाली लिङ्क मे १९, २०२२

लन्डन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की बिहीबार राती लन्डन आइपुगेका छन् । मन्त्री कार्की करिब डेढ साता लामो व्यक्तिगत तथा अफिसियल भ्रमणका लागि लन्डन आएका हुन् ।

मन्त्रीको स्वागतका लागि नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, महेशकुमार दाहाल, समितिका उपसभापति रिचर्ड गुरुङ, सुभाष राई, महामन्त्री इन्द्रहाङ लिङ्देन, जनसम्पर्क समितिका अन्य पदाधिकारी साथै रोजिहिरा फाण्डेशनकी अध्यक्ष रोजिना प्रधान राई, यूके नेपाल फ्रेण्डसीप सोसाइटीका वरिष्ठ सल्लाहकार हिराधन राई लगायत विमानस्थल पुगेका थिए ।

मन्त्री कार्कीले आफ्नो आतिथ्यका लागि सबैप्रति आभार व्यक्त गर्दै बेलायत बसाइमा नेपाली समुदायसंग साक्षात्कार र अन्य अवलोकन भ्रमण हुने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू