बुधबार, वैशाख २६, २०८१
05:53 | १०:३८

लन्डन दूतावासबाट डकुमेन्ट मगाउँदा रोयल मेल प्रयोग गर्न सुझाव

नेपाली लिङ्क मे १८, २०२२

लन्डन- लन्डनस्थित नेपाली दूतावासले राहदानी तथा अन्य कागजात दूतावासबाट आफ्नो ठेगानामा मगाउँदा रोयल मेल सेवा लिन सुझाएको छ । बुधबार एक सूचना जारी गर्दै दूतावासले सो कुरा जानकारी गराएको हो ।

संयुक्त अधिराज्य (बेलायत), आयरल्याण्ड र माल्टामा बसोबास गर्ने नेपाली नागरिक तथा अन्य सेवाग्राहीहरुले राहदानी, भिसा लगायत सेवाका लागि आवेदन दिई तयार कागजातहरु दूतावासबाट आफ्नो ठेगानामा मगाउँदा कुरियर कम्पनीहरुमार्फत बढी खर्चिलो भएको गुनासो प्राप्त भएकाले रोयल मेल प्रयोग गर्दा कम खर्च र थप सहज हुने दूतावासले जनाएको छ ।

आयरल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीहरुले दूतावासमा तयार भएका कागजातहरु मगाउँदा महँगो तथा बढी झन्झटिलो भएको र विकल्पको रुपमा रोयल मेलको सुविधा सस्तो हुनुका साथै भरपर्दो रहेको दूतावासका द्वितीय सेक्रेटरी रामबाबु नेपालले जानकारी दिए । यसबाट दूतावासद्वारा प्राप्त गर्ने  सेवा सुविधा थप सहज हुने उनले बताए ।

दूतावासको सूचना-

रोयल मेलमार्फत राहदानी तथा अन्य कागजात पठाउन अनुरोध गर्ने प्रक्रिया तथा ध्यान दिनुपर्ने अन्य आवश्यक जानकारीहरु:

1) https://send.royalmail.com/ लिंकमा गएर ‘Send an item now’ क्लिक गर्ने
2) पार्सल पठाउनु पर्ने देश छान्ने ।
3) पार्सलको Size Weight छान्ने । बढीमा दुई वटा राहदानी (एउटा नयाँ र एउटा पुरानो) सम्मको लागि Size मा Letter upto 100g Weight मा upto 100g’ छान्ने ।
4) राहदानी तथा अन्य महत्वपूर्ण कागजातहरु सुरक्षित रुपमा पठाउनु पर्ने भएको हुँदा International Tracked & Signed मा क्लिक गर्ने ।
5) आफ्नो इमेल ठेगाना उपलव्ध गराउने । त्यसपश्चात UK को मोबाइल नं. माग्ने भएको हुँदा UK को मोबाइल उपलव्ध गराउने र नभएमा खाली छाडिदिने
6) त्यसपश्चात पार्सल प्राप्त गर्ने प्रापक (recipient) को नाम तथा पुरा ठेगाना राख्ने ।
7) ‘Does your package contain only letters/documents and have no commercial value’ भन्ने option मा ‘Yes’ छान्ने ।
Are you sending an item that was sold via a marketplace?’ भन्ने option मा No’ छान्ने ।

Customs declaration category भन्ने ठाउँमा Documents छान्ने ।

Items description भन्ने ठाउँमा Passport अथवा आफूले माग गरेको document type उल्लेख गर्ने ।

Country of Origin मा United Kingdom छान्ने ।

Items value मा (Zero) राख्ने ।

8) Sender को Postcode मा W8 4QU राखी Embassy को देखाएको पुरा Address छान्ने ।
9) Sender name मा ‘Embassy of Nepal, London’ लेख्ने
10) How would you like to send your item मा Collect it from me’ भन्ने Option छानी Arrange Collection क्लिक गर्ने ।
11) त्यसपश्चात यस राजदूतावासबाट तयार भएको Parcel pick up गर्ने उपयुक्त मिति र समय छान्ने ।
12) त्यसश्चात Bring My Label भन्ने Option मा Tick गर्ने
13) त्यसपछि Add to basket मा क्लिक गरेर payment गरी Checkout गर्ने
14) आफुलाई प्राप्त इमेललाई यस राजदूतावासको इमेल [email protected] मा प्रेषित गर्ने । यस राजदूतावासमा यथासमयमा जानकारी नगराएमा Parcel तयार नहुने हुँदा Parcel pick up सम्बन्धी जानकारी pick up गर्ने दिनको कम्तिमा १ दिन अगावै राजदूतावासको इमेलमा पठाउनु पर्नेछ ।
15) यदि यस राजदूतावासबाट नै label Print out गर्नुपर्ने भएमा labels को एकप्रति यस रादूतावासको माथि उल्लिखित इमेलमा पठाउनु पर्नेछ ।
16) यस सम्बन्धमा थप जानकारी चाहिएमा यस राजदूतावासको इमेल [email protected] वा फोन नं. +44-207229 1594 मा सम्पर्क गर्न सकिनेछ ।
17) यदि आफूलाई तुरुन्त राहदानी वा अन्य कागजात चाहिएको खण्डमा DHL वा कुनै अन्य कुरियर कम्पनीलाई Pick up गर्न अनुरोध गर्नु पर्नेछ ।

नेपाली राजदूतावास, लण्डन

२०७।००३ ( मे २०)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू