शुक्रबार, वैशाख ७, २०८१
13:20 | १८:०५

एनआरएनए इंग्ल्यान्डको बर्कशायर-अक्सफोर्डशायर काउन्टी समिति गठन

नेपाली लिङ्क मे १८, २०२२

लन्डन-एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय परिषदले  बर्कशायर-अक्सफोर्डशायर काउन्टी समिति गठन गरेको छ।

गत शनिबार रेडिङको थेम्स भ्याली पार्कमा सम्पन्न रन फेष्ट कार्यक्रमकै अवसरमा समिति गठन गरिएको हो। 

समितिको संयोजकमा स्थानीय युवा सामाजिक अभियन्ता मणि सुवेदी चुनिएका छन्। त्यस्तै, समितिको सचिवमा दुर्गा ढकाल र सदस्यहरुमा शम्शेर गुरुङ, सूर्यदीप दाहाल, हरिमाया गुरुङ, उदय घिसिङ, रुद्रजंग गुरुङ, बद्रीनाथ पौडेल र सिता चवान छन्। 

समितिका सबै पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि एनआरएनए इंग्ल्यान्डका संरक्षक ललितकुमार न्यौपानेले प्रमाणपत्र वितरण गरेका थिए।

त्यस अवसरमा एनआरएनए इंग्ल्यान्ड राज्य परिषद अध्यक्ष एलबिजेड गुरुङ, एनआरएनए आइसीसीका पूर्व सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएन युकेका हेल्थ संयोजक एवम्  इंग्ल्यान्ड राज्य परिषदका प्रवक्ता डा. विशाल गुरुङ, रेडिङ नेपाली समाजका पूर्व अध्यक्षहरु महेश गुरुङ, अर्जुन वस्नेत र कृष्ण न्यौपाने लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो।

समितिमा संयोजकको जिम्मेवारी पाएका सुवेदी विभिन्न सामाजिक संस्थामा सक्रिय रहंदै आएका छन्। रेडिङ नेपाली समाजमा वर्तमान महासचिव रहेका उनले संस्थाको कोभिड सहयोग अभियानको संयोजन समेत गरेका थिए।

विगतमा नेपालमा शिक्षण, मिडिया, सामाजिक क्षेत्रलगायतमा काम गरेका उनी अहिले पनि मिडिया क्षेत्रमा सक्रिय छन्।

सोही अवसरमा आयोजित रन फेष्ट कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रका धावकहरुले ५ किमी रन पूरा गरेका थिए । सबै धावकलाई आयोजक एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय परिषदका तर्फबाट प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो। 

कार्यक्रमको संयोजन परिषदका सहकोषाध्यक्ष सरोज थापाले गरेका थिए भने सञ्चालन परिषदका सचिव रामप्रसाद पन्थीले  गरेका थिए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू