बिहीबार, चैत १५, २०८०
09:49 | १५:३४

बेलायती आर्मर्ड फोर्सेस मन्त्रीको स्थगित, अर्का मन्त्री नेपाल जांदै

नेपाली लिङ्क मे १२, २०२२

बेलायती आर्मर्ड फोर्सेस मन्त्री जेम्स् हिपी (बाया) र दक्षिण एसिया, उत्तर अफ्रिका, संयुक्त राष्ट्रसंघ एवं कमनवेल्थ मन्त्री लर्ड अहमद

लन्डन । बेलायती आर्मर्ड फोर्सेस मन्त्री जेम्स् हिपी (एमपी) को अप्रिल अन्तिम साता नेपाल भ्रमण स्थगित भएपछि अर्का मन्त्री नेपाल जाने तयारी भएको छ ।

दक्षिण एसिया, उत्तर अफ्रिका, संयुक्त राष्ट्रसंघ र कमनवेल्थ मन्त्री लर्ड अहमद छिट्टै नेपाल जान लागेका हुन् ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गत सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेट गर्दा अहमद नेपाल आउन लागेको बताएकी थिइन् ।

नेपाल यतिखेर स्थानीय तह निर्वाचनमा व्यस्त रहेकाले अहमदको विस्तृत भ्रमण विवरण अझै बाहिर आएको छैन् ।

अहमदले नेपालमा शीर्षस्थ नेताहरुसंग भेट गर्ने अपेक्षा छ । राजदूत पोलिटले मन्त्री लर्डसँगको भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताएकी थिइन् । नेपालको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सहकार्य गरिरहेको बेलायत सरकारले ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताएको छ ।

बैंकिङ र फाइनान्समा झण्डै २० वर्ष काम गरेका अहमदले यसअघि बेलायती उड्ययन तथा व्यापार, यातायात, गृह जस्ता महत्वपूर्ण मन्त्रालयमा काम गरिसकेका छन् ।

यसअघि बेलायती आर्मर्ड फोर्सेस मन्त्री जेम्स् हिपीले अप्रिल २५ देखि २७ तारिखभित्र नेपाल भ्रमण गर्न लागेको लन्डनस्थित नेपाली दूतावासले जनाएको थियो ।

मन्त्रीको भ्रमण सन्दर्भमा काठमाडौंस्थित बेलायती दूतावासले परराष्ट्र मन्त्रालयसंग समन्वय गरिरहेको थियो तर हिपीको भ्रमण स्थगित भयो ।

बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खा प्रतिनिधिबीच त्रिपक्षीय वार्ताको तयारी भइरहंदा बेलायती आर्मर्ड फोर्सेस मन्त्री नेपाल जान लागेको खवरले गोर्खाहरु संशकित थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू