शुक्रबार, चैत १६, २०८०
05:32 | ११:१७

गुल्मी जिल्ला समाज यूकेको नयाँ कार्यसमितिको पहिलो बैठक: ट्रष्टी र प्रवक्ता मनोनित

नेपाली लिङ्क मे ११, २०२२

लन्डन। गुल्मी जिल्ला समाज यूकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।  

बीर बलालको अध्यक्षतामा सातौँ कार्यसमितिको आइतबार भर्चुअल सम्पन्न पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ।

बैठकले संस्थामा ९ सदस्यीय ट्रष्टी बोर्ड गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, सल्लाहकारहरु मनोनयनको कार्य चांडै टुङ्याइने भएको छ। ट्रष्टी तथा सल्लाहकारहरुको नामावली टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिइएको छ । 

आगामी जुन ५ तारिख अल्डरसटमा एक कार्यक्रम गरी नवनियुक्त सल्लाहकार तथा ट्रस्टीहरुलाई स्वागत- सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ।

त्यसैगरी, बैठकले समाजकी उपाध्यक्ष मञ्जु भण्डारीलाई विधान संशोधन समितिको संयोजक तोकेको छ । कार्यसमितिका पदाधिकारी  र सल्लाहकारहरु समेत समेटेर समितिलाई पूर्णता दिइने जनाइएको छ ।

आगामी अगस्ट ७ मा आयोजना हुने समाजको वार्षिक भेलाको संयोजन गर्ने जिम्मा पनि उपाध्यक्ष मञ्जु भण्डारीले नै पाएकी छन्।

प्रवक्तामा राधा खरेल


बैठकले संस्थाको प्रवक्तामा कार्यसमिति सदस्य राधा खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

यसअघि पनि समाजको कार्यसमितिमा रहेर काम गरिसकेकी खरेलसँग मनकामना महिला समूह वेष्ट ब्रमिचको अध्यक्ष, पशुपतिनाथ मन्दिर लन्डनको सचिवसहित विभिन्न सामाजिक संस्थाका जिम्मेवारी सम्हालेको अनुभव छ ।

अध्यक्ष बीर बलालको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सचिव महलाल घिमिरेले गरेका थिए । बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारीको सहभागिता थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू