शुक्रबार, वैशाख १४, २०८१
00:57 | ०५:४२

फूलको शहरमा माया खोज्दै रिमा दम्पति (भिडियो)

नेपाली लिङ्क मे ९, २०२२

लन्डन । लोकप्रिय गायक शिव परियारको सुमधुर स्वर रहेको गीत ‘फूलको शहर’ मा बनाइएको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नेपालको मनमोहक लालीगुरांस दृश्य कैद गरिएको उक्त भिडियोमा अभिनय गर्ने कलाकार भने लन्डनवासी एक दम्पति हुन् ।

साउथ वेष्ट लन्डनस्थित सेन्ट जोर्जेज हस्पिटलकी प्राक्टिस एजुकेटर रिमा कंडेल र उनका श्रीमान् आस्तिक कंडेलले भिडियोमा अभिनय गरेका छन् ।

युवा निर्देशक सुव्रत आचार्यले निर्देशन गरेका हुन् भिडियो । डिपी खनालले लेखेको गीतको भिडियोमा उत्सव दाहालले रमणीय दृश्य कैद गरेका छन् ।

मोडल रिमा १५ वर्षपछि अघिल्लो महिना नेपाल जांदा यो भिडियोमा अभिनय गरेर फर्किएकी हुन् ।

म्यूजिक भिडियोबाट सकारात्मक प्रतिक्रिया आएको रिमाले बताइन् । आफूले खोजेजस्तो लोकेशन, 
रोमान्टिक गीत र आफ्नै श्रीमान लिड रोलमा हुंदा सांच्चिकै रमाइलो लागेको रिमा बताउंछिन् ।

म्यूजिक भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू