शुक्रबार, वैशाख ७, २०८१
22:25 | ०३:१०

लन्डन चार्ल्टनमा रेशम निर्दोष र अनुपा मगरको लाइभ दोहोरी हुँदै

नेपाली लिङ्क मे ६, २०२२

लन्डन- साउथ इष्ट लन्डनको चार्ल्टनमा यही आइतबार लोकदोहोरी धमाका हुने भएको छ । सनराइज इन्टरटेनमेन्टको आयोजनामा नेपालबाट आएका चर्चित कलाकारको प्रस्तुतिमा लोकदोहोरी धमाका हुने भएको हो ।  

चार्ल्टनस्थित मेरिडियन स्पोर्ट्स एण्ड सोसल क्लबमा हुने कार्यक्रममा चर्चित लोकदोहोरी गायक रेशम निर्दोष र गायिका अनुपा मगरले प्रस्तुति गर्ने आयोजक सनराइज इन्टरटेनमेन्टका प्रकाश कंडेलले जानकारी दिए। साँझ ६ देखि राती ११ बजेसम्म निर्धारित कार्यक्रम विशुद्ध मनोरञ्जनात्मक बनाइने कंडेलको भनाइ छ ।

कार्यक्रममा प्रस्तुति दिने गायक गायक रेशम निर्दोष लाइभ दोहोरीमा ख्याति कमाएका कलाकार हुन् । उनले गाएका मुटु कसेर, बन्दुक भरुवा, भीरको खनियो, नौतुनाको रेल लगायत गीत चर्चित छन्।  

त्यस्तै, गायिका अनुपा मगर पनि गाउँले पाराको, सुनी माया, जहाजको टिकट , दाना गाउँ ,पुन्य मिल्छ मलाई जस्ता गीतकी गायिका हुन् ।

सनराइज इन्टरटेनमेन्टका निर्देशक प्रकाश कंडेलका अनुसार कार्यक्रम थप मनोरञ्जनात्मक बनाउन चर्चित डिजे हेम विष्टको प्रस्तुति पनि रहनेछ ।

कार्यक्रममा १० पाउण्ड प्रवेश शुल्क राखिएको छ। कार्यक्रममा सहभागी हुन आयोजक कंडेलले सबैलाई आग्रह गरेका छन्।

सनराइज इन्टरटेनमेन्टका तर्फबाट कंडेलले यसअघि पनि नेपालबाट आएका थुप्रै चर्चित कलाकारका कार्यक्रम आयोजना गरिसकेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू