सोमबार, वैशाख १७, २०८१
21:45 | ०२:३०

एनआरएनए अध्यक्ष आचार्यले दिए बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता

नेपाली लिङ्क अप्रिल २०, २०२२

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन । तस्बिर- एपी

लण्डन   गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । 

आचार्यले जोन्सनको आसन्न दक्षिण एसिया भ्रमणका क्रममा नेपालपनि आउन निम्ता गरेका छन् ।

बेलायतमा नै ब्यवसाय गरिरहेका आचार्यले नेपाल र बेलायत बीचको मित्रवत सम्बन्ध बिश्वमा उदाहरणीय रहेको भन्दै गोर्खाहरुमार्फत सम्बन्ध अझ प्रगाढ बनेको बताए । 

भूकम्प जाँदा होस् या कोरोना महामारी जस्ता हरेक कठिनाईमा बेलायतले नेपाललाई गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उनले नेपाल र बेलायतको सम्बन्धलाई अझ उचाइमा पुर्याउनका लागि नेपालको छिमेकी देश भारत भ्रमण गर्दै गर्दा नेपाल पनि भ्रमण गर्न निम्ता गरेका छन् । 

प्रधानमन्त्रीको कार्यालय, नेपालका लागि बेलायती राजदूत लगायतलाई अधिकारिक पत्राचार गरेर निमन्त्रणा पठाएको अध्यक्ष आचार्यको सचिवालयले जानकारी दिएको छ ।  

बेलायत नेपालको सबैभन्दा ठूलो विकास साझेदार रहेको र दुई देशबीच उच्च स्तरमा भेट र वार्ता हुन सके एक आपसमा चौतर्फी सहयोग र बिकासका आयामहरुमा अगाडि बढाउन सकिने पनि आचार्यले बताएका छन् ।

नेपाल र बेलायतको २०० बर्षको इतिहासमा बेलायती राजपरिवारको नेपाल भ्रमण पटक-पटक भएपनि प्रधानमन्त्रीको भम्रण हालसम्म नभएको भन्दै दुइ देश बीचको एतिहासिक सम्बन्ध थप मजबुत बनाउने भन्दै उनले जोन्सनलाई नेपाल भ्रमण गर्ने निम्ता दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू