सोमबार, वैशाख १७, २०८१
22:23 | ०३:०८

वार्ताको पूर्व सन्ध्यामा बेलायती आर्मर्ड फोर्सेस मन्त्रीको नेपाल भ्रमण

नेपाली लिङ्क अप्रिल १९, २०२२

आर्मर्ड फोर्सेस मन्त्री जेम्स् हिपी (एमपी)

लन्डन । बेलायती आर्मर्ड फोर्सेस मन्त्री जेम्स् हिपी (एमपी) ले नेपाल भ्रमण गर्ने भएका छन् ।

मन्त्री हिपीले यही अप्रिल २५ देखि २७ तारिखभित्र नेपाल भ्रमण गर्न लागेको श्रोतले जनाएको छ ।

मन्त्रीको भ्रमण सन्दर्भमा काठमाडौंस्थित बेलायती दूतावासले परराष्ट्र मन्त्रालयसंग समन्वय गरिरहेको लन्डनस्थित नेपाली दूतावासले श्रोतले उल्लेख गरेको छ । भ्रमणको पूर्ण विवरण दूतावासमा आएको छैन् ।

भूतपूर्व गोर्खा मुद्दामा बेलायत र नेपाल सरकार एवं गोर्खा प्रतिनिधि सम्मिलित त्रिपक्षीय वार्ता मे अन्तिम वा जुन पहिलो सातासम्म शुरु हुने अपेक्षा भइरहेका बेला मन्त्रीको भ्रमणलाई उत्सुकताका साथ हेरिएको छ ।

मन्त्री हिपीले नेपालका शीर्षस्थ नेताहरुसंग भेट 
गर्ने अपेक्षा छ ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले मन्त्रीको भ्रमणपछि वार्ता सकारात्मक रुपमा अगाढि बढ्ने आशा व्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू