शनिबार, जेठ ५, २०८१
14:31 | १९:१६

नेपाल बार एशोसिएशनको नयाँ अध्यक्षमा घिमिरे  

रासस अप्रिल ८, २०२२

काठमाडौं । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको समूह विजयी भएको छ ।

अध्यक्षमा घिमिरे चार हजार ४७४ मत ल्याएर विजयी भएका छन् भने उनको प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले दुई हजार ९८९ मत प्राप्त गरे ।

उपाध्यक्षमा सुरज खत्री, सुधीर कर्ण, हर्क रावल, वीरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी भएका छन् ।

महासचिवमा अञ्जिता खनाल तीनहजार ६८२ मत ल्याएर विजयी भइन् भने उनका प्रतिस्पर्धी केदार कोइरालाले दुई हजार ३४५ मत प्राप्त गरे ।

कोषाध्यक्षमा भरत रावत विजयी भएका छन् । सदस्यहरुमा विनिता नेपाली, किरणकुमारी साह, नरेशकुमार साह, नारायण दास राई, रुपबहादुर सारु, सीता पौडेल, मनिका खड्का र शर्मिला थापा विजयी भएका छन् ।

खुला सदस्यहरुमा भरतकुमार लकाई, देवीप्रसाद कोइराला, निर्भयराज पौडेल, सन्तोषकुमार राउत, गुणराज आचार्य र सन्तोष तिवारी विजयी भए ।

बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको भए पनि मतगणना भने मंगलबार बिहानदेखि मात्र सुरु भएको थियो ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये सात हजार ४२९ मत खसेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू